अभिनेता पल शाह थुनामुक्त

पोखरा। बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई रिहा भएका छन्। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएपछि नायक शाह जेलमुक्त भएका हुन्।

May be an image of 7 people, people standing and outdoors

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेपछि शाह जेलमुुक्त भएका हुन्।

May be an image of 7 people, people standing and outdoors

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो। नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो।

May be an image of 7 people, people standing and outdoors

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। थुनामा गएकाे एक वर्षपछि शाह थुनामुक्त भएका हुन्।

May be an image of 7 people, people standing and outdoors