एमालेका सबै मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

 

एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले राजीनामा पत्र बुझाएका हुन्।

एमाले सोमबार बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयसहित समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो।

पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने निर्णय गरेको थियो।

आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो।

उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताएकी थिइन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा गत पुस ११ गते प्रचण्ड प्रधानमन्त्री भएका थिए। तर प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कांग्रेससँग गठबन्धन बनाएसँगै एमाले चिढिएको थियो।

images

गत शुक्रबार बालुवाटारमा भएको आठ दलीय गठबन्धनको बैठकमा एमालेले अब सरकार छाड्ने संकेत गरेकाले कांग्रेससहितलाई सत्तामा आउन भनेका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले एक उपप्रधानमन्त्रीसहित आठ मन्त्री पाएको थियो। जसमध्येमा उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल थिए।

images

यसै गरी कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वालाकुमारी साह, महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरी‚ परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल‚ स्वास्थ्यमन्त्रीमा पदम गिरी‚ भूमिसुधार मन्त्रीमा राजेन्द्र राई र रक्षामन्त्रीमा हरि उप्रेती थिए। नेपाल खबरले उल्लेख गरेको छ।

images