– लेखक : माधब भुसाल
कुनै बेला भेटेका पलहरु सम्झदै
उहि प्रेमिल मान्छे तिमि र तिम्रो मुहार सम्झदै
र केहि थान तिमिले मेरा लागि छोडेर गएका यादहरु सम्झदैत्यतै कतै अल्झि रहेछ्न मेरा आखा तिम्रा परेलिहरुमा
टोलाई रहेछ मन तिम्रै सम्झनामा आज पनि ।मन बाट छुटेकि तिमि
म बाट छुटेकि तिमि
म र मेरो मनलाई कतै पर दुर दूरको कुनै यादहरुको सम्सान्मा लगेर एक्लै
मलाई छाडिएकि तिमीलाई सम्झदै ।यसरि छुटयौ तिमि म र मेरो मायाको गोरेटोबाट
जसरि गब्तब्य बिहिन यात्रा दुरको कुनै मोडना पुगेर टुंगिनछ ।यसरि गुनगुनाउछु म सपनिमा तिमिसंग
जसरि हरेक दसौं ,तिहारमा प्रदेश गएको छोरालाई सम्झदै रातिमा आमा गुनगुनाउछिन ।हरेक रात म माथि तिम्रा यादहरुको झरि बर्सिन्छ
अनि म भिजिरहन्छु त्यहि झरि मा
याद बढी रहन्छ ,
याद्को झरि परि रहन्छ
तर कहिले बगाउन सकेन ति तिम्रा प्रेमिल यादहरु
प्रेमको खहरे खोलाले।अहिले म संग तिमीलाई दिनको लागि एकरत्ति मुस्कान पनि छैन
म त बस तिमीलाई याद पठाउन सक्छु ,
मसंग अन्तिम तिम्रै लागिभनेर साचि राखेको साश पठाउन सक्छु।बस तिमिमलाई यो भनि देउ कि म तिम्रा लागि मैले पठाएका ति प्रेमिल यादहरुलाई तिमि कुन चौपारिमा थकाइमार्न लगाएर छाडि हराएकि छेउ
बस ति सबै यादहरु आन्तिम फेर म अङ्गाल्न चाहान्छु।



