जिबनमा कुनै पनि लक्ष्यलिएर लक्ष्यसम्म पुग्नु भनेको ! खोलाको पानीलाई प्वालै प्वाल परेको कुलोबाट पानी खेतको गर्हासम्म पुर्याउनु जस्तै रहेछ (गद्य कविता)

    लेखक : माधब भुसाल (गद्य कविता)

 

जिबनमा कुनै पनि लक्ष्यलिएर लक्ष्यसम्म पुग्नु भनेको !खोलाको पानीलाई प्वालै प्वाल परेको कुलोबाट पानी खेतको गर्हासम्म पुर्याउनु जस्तै रहेछ।

समय र जिबन खोलाको पानीजस्तै रहेछ्न जतिनै सम्हालेर ,बचाएर ,रोकेरराख्न खोजेपनि बगि चलि नै जाने ।

बस जिन्दगी यात्रामा एउटा हिम्मतको बाध,लक्ष्यसम्म पुग्नेकुलो
जसलाई सफलताको खेतसम्म पुर्याउनु सक्नेहो भने जिन्दगीमा तमाम सपनाहरू हराबरा बनाउन सकिन्छ ।

लक्ष्यहरु कुलोभित्र अटने जतिमात्र राख्नु पर्छ नत्र बाध भत्किन सक्छ, कुलो चुहिन सक्छ।
बस आफुले साहस र हिम्मतका कदमहरु बढाईराख्नु पर्छ लक्ष्यको कुलो आफै सफलताको खेततर्फ बगिरहन्छ।

लक्ष्यको कुलोमा कहिले प्वालपर्न सक्छ
कहिले सिमाना मिच्न सक्छ बस आफुले बेला बेलामा कुलोलाई टालिराख्नु पर्छ मिलाईराख्नुपर्छ
कम्मरमा बाधेको पटुकि जस्तै ।

आफै पुग्नेछ लक्ष्य सफलताको खेतसम्म अनि सपनाहरू चहलपहलाउने छ्न तिम्रो आखै अगाडी ।
बस तिमि अझै पनि हिम्मतको बाधलाई र लक्ष्यको कुलोलाई टालन ,कुल्याउन र पछ्याउन नछाड

पानी संगै  ,बगि राख लक्ष्यलाई सफलतासम्म पुर्याउनु ।
सफलताहरु आफै हराभरा हुनेछ्न ,चहलपहलाउनेछ्न
नयाँ जिन्दगी लिएर।