बलिउड हिरो सन्जय दत्तलाई तेस्री श्रीमतीबाट जुम्ल्याहा सन्तान

Maanyata Dutt, Sanjay Dutt

 

मुम्बई – बलिउड हिरो संजयदत्तकी तेस्री श्रीमती मान्यताले आज मुम्बई अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। जुम्ल्याहामा एक छोरा र एक छोरी रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। मान्यता र दुबै सन्तानको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ भने सन्तान प्राप्तिको खुशी मनाउनेक्रम सुरु भइसकेको छ।

 

आज बिहानमात्रै प्रसव पीडापछि मान्यतालाई अस्पताल लगिएको थियो। उनले ८ महिना ११ दिनमा नै जुम्ल्याहलाई जन्म दिएकी हुन्। चिकित्सकले उनको बच्चा नोभेम्बरमा जन्मने बताउँदै आएका थिए।

मान्यता सन्जयकी तेस्री श्रीमती हुन्। पहिली श्रीमती रेहा पिल्ईबाट उनले पहिलो सन्तान पाएका थिए। छोरी त्रिशाला र कान्छी श्रीमती मान्यताको उमेर बराबरजस्तै छ। उनको दोस्रो श्रीमती रीचा शर्मा क्यान्सरका कारण मरेकी थिइन्।