वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।



-केशवराज ज्ञवाली,अर्घाखाची डट्कम।
पत्रकारहरुको क्षमता बिकास सम्बन्धी दुई दिने तालिम सन्धिखर्कमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा सन्धिखर्कमा सुरु भएको तालिममा जिल्लामा सक्रिय पत्रकारहरुले सहभागिता लिएका छन ।

जिल्लामा सक्रिय रेडियो , अनलाइन , छापा , टेलिभिजन लगायत राष्ट्रिय तथा स्थानिय मिडियामा काम गर्ने पत्रकार संवाददाता तथा संचालकहरु सबैले उक्त तालिमबाट ज्ञान हासिल गरि आम सरोकारका बिषयमा सत्य तथ्य र निश्पक्ष पत्रकारिता गर्न टेवा पुग्ने लक्ष्य आयोजकले लिएको बताइएको छ ।

तालिम कार्यक्रमको जिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोइरालाले ब्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा उनले पत्रकारिता शुद्द र निश्पक्ष हुनुपर्नेमा जोड दिएका हुन ।

यस्तै कार्यक्रमको सफलताको शुभकामना दिदै सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी मिना अर्याल , जिल्ला अदालत अर्घाखाँचीका न्यायाधिश श्री कृष्ण भट्टराई लयायतले अर्घाखाँचीको पत्रकारिता थप सन्तुलित , निश्पक्ष र सत्यतथ्यमा आधारित हुनेमा बिस्वास राख्दै पत्रकार जगतले समाजको बास्तबिकता बोल्नुपर्ने धारणा उल्लेख गरेका थिए ।

तालिमको उद्घाटन सत्र कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता र बिनोद गैरेको संचालनमा भएको थियो ।

थप तस्बिर :






























