यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन





पलले सुरुमा जर्मनीले खेल्ने सबै खेलको मात्र सही भविष्यवाणी गरेको थियो। तर फाइनल खेलको समेत स्पेनले जित्ने भविष्यवाणी उसले सही गरेको थियो। 

अर्जेन्टिनालाई जर्मनीले पराजित गर्ने पलको भविष्यवाणीपछि अर्जेन्टिनी फ्यानहरुले पलको विरोधमा इन्टरनेटमा अभियान चलाएका थिए। 

एक्वेरियममा राखिएका दुई देशका झण्डा राखिएका भाँडोमध्ये जुनलाई पलले रुचाउँछ, त्यही देशले खेलमा जित्‍ने भविष्यवाणी गरिएको थियो।