काठमाडौं । नजििकंदै गएको दीपावलीमा देउसी भैलो संचालन गर्नका लागि रक्तिम सांस्कृतिक अभियानका कलाकारहरु कार्तिक १३ गते बानेश्वरमा जम्मा हुने भएका छन् ।
परम्परागत मान्यताभन्दा अलग्गै किसिमबाट जनतालाई सचेत र जागरुक बनाउने उद्देश्यले देउसी भैलोलाई उपयोग गर्दै आएको रक्तिमले यस वर्ष काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा राष्ट्रियताको पक्षमा जनवादी देउसी भैलो संचालन गर्दैछ ।
रक्तिम केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार १३ गतेदेखि तयारी गरी अध्यक्ष जीवन शर्माको नेतृत्वमा केन्द्रको एक टोली काठमाडौंमा देउसी भैलो खेल्ने भएको छ ।