नेपाली राजनीतिमा चर्चित तथा टेनिसका भेट्रान हस्ती कमल थापा भारतको नयाँ दिल्लीमा जारी भेट्रान टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौं, कात्तिक १० – नेपाली राजनीतिमा चर्चित तथा टेनिसका भेट्रान हस्ती कमल थापा भारतको नयाँ दिल्लीमा जारी भेट्रान टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन। बुधबारको सेमिफाइनल भिडन्तमा डिफेन्डिङ च्याम्पियन तथा भारतको नम्बर एक भेट्रान खेलाडी केएल सेतुलाई पराजित गरेपछि उनी फाइनलमा पुगे।

 

तमिल नाडुका प्रतिद्धन्दी नाडुलाई थापाले प्रतिस्पर्धात्मक खेलमा ६-२, ७-६ को नतिजामा निराश पारेका थिए।

अखिल भारत सिनियर टेनिस संघको आयोजनामा भइरहेको ४५ वर्ष माथिको प्रतियोगिताअन्तर्गत फाइनलमा थापाले आन्द्र प्रदेशका एम सुरेशको सामना गर्नेछन। आफ्नो उमेर समुहको नेपाली टेनिसमा दवदवा मच्चाएका थापाको यो प्रतियोगितामा यसअघिको उत्कृष्ट प्रदर्शन सेमिफाइनलसम्म पुग्नु थियो। यसअघि उनी गतवर्ष कोलकातामा सम्पन्न प्रतियोगिताको अघिल्लो संस्करणमा सेमिफाइनल पुगेका थिए।

 

– नागरिक