सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या

काठमाडौं । सङ्खुवासभामा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या गरिएको छ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।

Factory manager stabbed to death in Chander Vihar, West Delhi1

जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।

1

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।

प्रहरीले अनुसन्धान गरिरहेको हत्याको कारण भने खुल्न सकेको छैन ।

Nepal Telecocme