इन्डियन प्रिमियर लिग : गुजरात टाईटन्स आइपीएलको फाइनलमा, चेन्नई र गुजरातबीच आइतबार फाइनलका लागि प्रतिस्पर्धा हुने 

काठमाडौं । युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल पुगेको छ ।

साबिक विजेता गुजरात फाइनलमा

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले ६२ रनको जित हात पार्यो ।  गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र बनायो ।  मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ्स खेले  । ६१ रन बनाउँदै सुर्या मोहित शर्माको बलमा बोल्ड आउट भए ।

Suryakumar Yadav1685126151.jpg

तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए । क्यामरन ग्रीनले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । मुम्बईका तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाउन सके ।  गुजरातका लागि मोहित शर्माले २ दशमलब २ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सामी र राशिद खानले समान २/२ तथा जोशुवा लिटिलले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।  गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय ईनिङ खेले । यस सिजनमा आफ्नो तेस्रो शतक गिलले ४९ बलमा पूरा गरे ।

Shubman Gill1685120606.png1

१ सय २९ रन बनाएका गिल आकाश मधवालको बलमा आउट भए । पहिलो विकेटका लागि अर्का ओपनर ऋद्धिमान शाहसँग गिलले ३८ बलमा ५४ रनको साझेदारी गरे । शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए ।  दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६४ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । शुदर्शन ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदै रिटायर्ड आउट भए ।

कप्तान हार्दिक पान्ड्याले १३ बलमा अविजित २८ रन बनाए । राशिद खानले २ बलमा अविजित ५ रन बनाए ।मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १/१ विकेट लिए । साबिक विजेता गुजरातले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो । गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाईसकेको छ ।

ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।  दोस्रो क्वालिफायरमा पराजित भएको मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालिफायरको विजेता चेन्नई र दोस्रो क्वालिफायरको विजेता गुजरातबीच आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।

May be an image of 2 people and text

फाइनलमा विजेता बन्ने टोली १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।

Nepal Telecocme