यो बर्षको बजेट औद्योगिक कृषि क्षेत्र र बिकास निर्माणमा केन्द्रित हुनुपर्छ

No description available.    -काशिराम  घिमिरे

यो बर्षको बजेट औद्योगिक कृषिक्षेत्र र बिकास निर्माणमा केन्द्रित हुनुपर्छ । बजेट भनेको सरकारले ल्याउने एउटा प्रमुख आय ब्ययको बिबरण हो । यो सरकारले बिगतमा गरेको कामहरुको समीक्षा साथै यो अबस्थामा के चाइएको छ त्यो स्थितिको अध्ययन तथा अनुसन्धान र भावी कार्यदिशा सहितको आयब्यको विवरण वा अनुमानित विवरण नै बजेट हो ।
यसमा एकबर्ष भित्र के के कार्य हरु के कसरी गर्ने भन्ने बारे समग्ररुपमा समेटिएको हुन्छ।
आधुनिक परिभाषामा बजेटलाई संबैधानिक राजनितिक रुपमा पनि एउटा दस्ताबेजको रुपमा लिन सकिन्छ। यसमा भएका आयब्यय विवरण अनुसार आय भनेको कर तथा, राजस्वआन्तरिक तथा बाय ऋण अन्तर्राष्ट्रिय रुपमा आउने सहयोग बुझिन्छ । ब्यय अनुसार कर्मचारी तलव, भत्ता बिकास निर्माणमा हुने खर्च ।स्वदेश भित्र दिइने अनुदान भनेर बुझिन्छ।बजेटको परिभाषा धेरै भएतापनी यो सरकारले ल्याउने आय ब्ययको बिस्तृत विवरण हो ।जसमा देशमा एकबर्ष भित्र गरिने सम्पुर्ण विवरण बारे छुट्टाइएको हुन्छ।
1
यसमा एकबर्ष भित्र गरिने मुल बजेटको विवरण साथै त्यस अन्तर्गत बजेटका दुई प्रमुख शीर्षक अनुसार चालू खर्छ तथा पुँजिगत खर्चको बिस्तृत विवरणहरु बारे खुलाइएको हुन्छ।बजेट समग्र क्षेत्रको एउटा चासोको विषय हो ,जसमा सर्वसाधारण जनता देखि उधोगी व्यावसायि कर्मचारी बर्ग राजनीतिक नेतागण सबैको चासोको बिषय हुन्छ। यसमा कर तथा राजस्व आन्तरिक तथा बाह ऋण साथै स्थानीय देखि जिल्ला तहहरु साथै समग्र क्षेत्रमा राखिएको प्रारथमिकताका क्षेत्रबारे सबैले नियाली रहेका हुन्छ्न।
यो बर्षको बजेट केकस्तो प्रकारको आउँछ भन्ने बारे सरकारले नीति तथा कार्यक्रम बाट केही झल्को दिइसकेको छ ।सरकारले केही दिन आगाडि सांसदको दुवै सदनमा पेश गरेको नितितथा कार्यक्रमले केही बाटो देखाएकोहो।अर्कोकुरा देशको प्रमुख अवस्यक कुरा के हो र बिगतको तथ्यांकअनुसार अर्थ मन्त्रालय र आर्थिक क्षेत्रका जानकार अर्थसाश्त्री योजनाकारको छलफल बाट एउटा समग्र क्षेत्रको बिस्तृत खाका र गाउँ वा स्थानिय तह जिल्ला प्रदेश र राष्ट्रिय रुपमा पनी विभिन्न ठाउँ र प्रार्थमिकताका क्षेत्र हरुबारे समग्र ठाउँ बाट आएका योजना हरु बारे विशेष अध्यन गरि प्रारथमिकतामा राखी योजना अनुसार बजेट छुटाउने गरिन्छ।
1
यसअनुसार बजेटका मुख्य शीर्षकसंम्पुर्ण खर्चका विवरण चालू खर्च तथा बिकास निर्माणका सबै बिबरण बारे पुँजिगत खर्चमा खुलाइएको हुन्छ। देशको समग्र परिकल्पना बोकेको यो बजेट प्रणाली बिदेश लगायत नेपालमा पनि घाटा बजेट प्रणालीमा अवलम्बन गरिएको हुन्छ।
जति कर तथा राजस्वले पुग्छ र बाँकी अन्य श्रोतहरु स्वदेशी तथा बिदेशी ऋण अन्तर्राष्ट्रिय अनुदानहरु यसका पुर्ती गर्ने श्रोतमा पर्दछ्न । तर यसरी ल्याएको ऋणले देशमा बिकाश निर्माणमा लगाउने आर्थिक उन्नति हाशिल गर्ने उद्देश्य हुन्छ ।
Nepal Telecocme
नेपालमा भने आन्तरिक तथा बाहक ऋणको मात्रा बर्सेनि बढदै जाने तर कामभने नदेखिने गरेको पाइन्छ। जसअनुसार राम्रो आयोजनाको छ्नौट हुन सकेन र देशमा बिकासले राम्रो गति ल्याउन सकेको छैन ।यसको प्रमुख कारण बिज्ञको राय सुझाव नमान्ने आफुखुशी आयोजना छनौट गर्दा यो अबस्था आएको पाइन्छ ।
बजेट समग्र क्षेत्रमा छरिएर गर्नुभन्दा मुख्य आयोजना कुन हुन ऐलेको प्रारथमिकता के हो त्यसको आधारमा आयोजना छ्नौट र बजेट बिनियोजन साथै समयमै उक्त आयोजनाको काम सम्पन्न हुनुपर्छ ।
गतवर्षको लगभग १८ खर्वको बजेटअनुसार समग्र बजेटको लगभग १२खर्व माथी चालूखर्चको लागि लागि बजेट छुट्टाएको छ तर देशमा बिकास गर्ने पुजिगत खर्च भने समग्र बजेटमा चार खर्वको हाराहारीमा मात्रै देखिन्छ । एकातिर देशमा प्रशासनिक क्षेत्रको खर्च धेरै भयो र बिकासको जुन गतिमा हुनुपर्छ त्यसको प्राप्त रकम भएन र छुटाएको रकम पनि बेलैमा खर्च नहुनेसाथै उक्त क्षेत्रमा हुने आर्थिक चुहावटको कारणबाट बिकासले राम्रो गति लिन सकेन ।
यसपालिको बजेटमा देशमा कृषि क्षेत्र तथा उत्पादनमुलक क्षेत्रमा बजेट लगाउनु पर्छ।यो बर्ष पनि देशमा दैनिक उपभोग्य बस्तु वा खाद्य तथा कृषिजन्य बस्तुको खर्वौको आयत भएको छ।नेपाल कृषि प्रधान देश भनेतापनी समयमै पानी बीउमल अत्याधुनिक यन्त्रको कमिको कारण सरकारको स्पष्ट नीति नहुनाले पनि आयत बढेको हो।
1
एकातिर परम्परागत खेतिले किसानलाई घाटा र जसको कारण युवासक्ती खर्चधान्न नसकी बिदेश पलायन र अर्कोतिर कृषि भुमिमा पलटिङ्को कारण धेरै खेतवारि लगायत उब्जनी जमिन बाँझोरुपमा देखिन्छ ।
यो बर्ष सरकारले कृषि केन्द्रित बजेट ल्याएमा खर्बौको स्वदेशी पैसाबँच्ने त्यहीँबाट स्वदेशी जनता रोजगार हुने परिपाटी मिलाउनुपर्छ किसानलाईउन्नत बीउ मल सिंचाइ अत्याधुनिक यन्त्र नगदे बालिमा प्रोत्साहन र बजारको ग्यारेन्टी गरेमा कृषि क्षेत्रले राम्रो छोटो समयमा प्रगति गर्न सक्थ्यो ।साथै यो बर्ष नीति तथा कार्यक्रममा हेटौंडा कपडा उधोग र गोरखाली रबर उधोग बुटवल धागो कारखाना लगायत मा पुन संचालन गर्ने सरकारको योजना देखिन्छ उक्त योजना छिटो रुपमा अगाडि बढाउनु पर्छ।
Frooti
स्वदेशमा लगानिको बाताबरण गराउने सरकारले बाताबरण सृजना गर्नुपर्छ।स्वदेशी कपडा जुता र खाद्य बस्तु उपभोग अनिबार्य गर्ने गर्नुपर्छ।स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने बिदेशी लगानी भित्र्याउने ।पर्यटन जडिबुटीको प्रशोधन हाइड्रोपावर क्षेत्र लगायतका क्षेत्र स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विशेष प्रारथमिकता दिएमा देशमा उधोग धन्दाको बिकास रोजगारी सृजना भएमा बेरोजगारी हटने राजस्वका श्रोत बढ्ने गरिबी कम हुने ।
बिदेशी बस्तुको आयात घटने अन्तर्राष्ट्रिय व्यापार घाटा कम हुने देखिन्थ्यो । यो बर्ष सरकारले वजेटको आकार बढाउन भन्दापनी गतसालको हाराहारीमा बजेट ल्याउनुपर्छ ।पुँजिगत खर्चको आकार बढाउनु पर्छ चालुखर्च कसरी कम गर्न सकिन्छ त्यो बारे बेलैमा सोच्नुपर्छ । जसमा सरकारी अनावश्यक खर्च कम गर्ने भत्ता कटौती गर्नुपर्छ। देशलाई दीर्घकालीन प्रतिफल दिने आयोजना र देशमा भएको आर्थिक समस्या समाधान कसरी गर्ने ।किसान साथै उधोगी हरुलाइ सौलियतपुर्ण ऋणको बाताबरण कसरी मिलाउने भन्नेबारेमा यो बजेटले संम्बोधन गर्न सक्नुपर्छ ।
1
बिदेशी बिलासिताका बस्तुहरुको आयत पुर्णरुपमा प्रतिबन्ध गरि । देशमा उधोगधन्दाको बिकास गरि देशमा मात्र नेपाली बस्तुको प्रयोग नभइ अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुको निर्यात बढाउने बाताबरण यो बजेटले ल्याउनुपर्छ।राजनितिक आधारित नभई जनताले खोजेको समय सापेक्ष बजेट आउनुपर्छ।  देशमा समग्र प्रभाव पार्ने आयोजना छनौट हुन सक्नुपर्छ ।पार्टी केन्द्रीकृत नभइ समग्र देशलाई संम्बोधन गर्ने खालको बिकास मुलक बजेट आउनुपर्छ।
-काशीराम घिमिरे  अर्थशास्त्रको बिद्यार्थी हुनुहुन्छ। 

Nepal Telecocme