उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

नेपाल पुलिस क्लव काठमाण्डौ विराटचोकमा जारी दोस्रो पिएलओ केविआरयु कन्दङ्वा रनिङ फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले अब उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफसँग शनिबार खेल्ने छ । पुलिसले बिहिबारको अन्तिम सेमिफाइनल खेलमा विर्ता युथ क्लब झापालाई १-० को गोल अन्तरले पारजित गरेको हो ।


खेल शुरु भएको १५ औं मिनेटमा पुलिसको भोला सिलवालले हानेको कर्नर किकको फाईदा उठाउँदै पुलिसका दिपेन्द्र पौडेलले हेडिङले गोल गदै पुलिसलाई १ अग्रता दिलाएका थिए । त्यसको ६ मिनेट पछि झापाको रञ्जित श्रेष्ठले ३० यार्ड टाडाबाट गरेको प्रहार पुलिसका गोलरक्षक रितश थापाले पुस गरेर बचाउन सफल भएका थिए ।


मध्यान्तर सम्म १-० गोलले पछिपरेको झापाले आक्रामक खेल पर्दशन गरेको थियो । झापाका योगेश गुरुङ र आजादले थुपै गोल गर्ने अवसर गुमाएका थिए ।


झापाका गोलरक्षक मिन बस्नेतले पुलिसका खेलाडी जुमानु राई, भोला सिलवाल, पर्वत पाण्डे, योगेश श्रेष्ठ लगायतका कडा प्रहार थुप्रै पटक रोकेका थिए । थप गोल दुवै टोलि गर्न नसके पछि झापा पराजित हुनु पर्यो । खेलको म्यान आफ म्याच समेत झापाका गोल रक्षक मिन बस्नेत घोषित भएका थिए ।