आगामी तीन दिनको मौषम : शुक्रबारसम्म वर्षैवर्षा, छैन मौसम खुल्ने सम्भावना

1

काठमाडौं । अहिले (बुधबार बिहान) काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

1

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले विशेषगरी सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा मध्यम खालको वर्षा भइरहेको छ।

‘गण्डकीमा पनि पानी परिरहेको छ’, उनले भने, ‘समग्रमा देशभर नै वर्षा भइरहेको छ।’ काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा अहिले वर्षा भइरहेको उनले बताए।

‘आज मौसम खुल्ने सम्भावना निकै कम छ’, उनले भने, ‘दिउँसो केही बेर खुले पनि फेरि वर्षा हुने सम्भावना छ। दिउँसो अलि कम र राति बढी वर्षा हुने भइरहेको छ।’

यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

1

जसमा भनिएको छ- देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  समेत सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम आकलन गर्ने गर्छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार) सम्म वर्षा रोकिने सम्भावना छैन। तीन दिन वर्षैवर्षाको सम्भावना छ।

हेर्नुहोस् महाशाखाले जारी गरेको ३ दिनसम्मको मौसमी बुलेटिन

images

असार २० गते बुधबार (आज) 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

images

असार २१ गते बिहीबार 
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी  र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

images

असार २२ गते शुक्रबार 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

Nepal life insurance

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

ad

अन्य समाचारहरु