विवाह सम्बन्ध शाश्वत हुने भए पनि समय र आवश्यकताअनुसार यसमा परिवर्तन आउँछ। परिवर्तन आउनु पनि आवश्यक छ अनि मात्र यसको सफलताले सुनिश्चितता प्राप्त गर्छ। सम्बन्ध निभाउन तय गरिएका त्यस्ता कयौं नियम छन् जुन वास्तविकताको धरातलमा आउनेबित्तिकै तिनको अस्तित्व, उपयोगिता एवं प्रयोग कहाँ धाराशायी हुन पुग्छ, अधिकांशलाई थाहा हुँदैन। श्रीमान्-श्रीमतीका आशा र अपेक्षा फरक-फरक हुन्छन्। दुवैको सम्बन्धलाई बुझ्ने र निभाउने समझदारी पनि अलग-अलग हुन्छ। त्यसो त हिँजोआज सम्बन्ध निभाउने जिम्मेवारी दुवैमा बराबर हुन्छ र बराबरी स्तरमा निभाउँछन् पनि। यद्यपि विवाद कयौं अवस्थामा चरम सीमासम्म पुग्छ।
निजताको प्रश्न
विवाह बन्धनले दुई व्यक्तिलाई एक-अर्कासँग बाँध्छ। जब यो सम्बन्ध बलियो हुन्छ तब दुवै परिवारका सदस्य यसमा जोडिन पुग्छन्। कहिलेकाहीँ अभिभावक आफ्ना सन्तानलाई धेरै सामाजिक बनाउने चक्करमा अन्याय गर्न पनि पछि पर्दैनन्। यहाँसम्म कि उनीहरू युवा दम्पतीलाई हनिमुनमा जान पनि रोक लगाउँछन्। विवाहपछि हनिमुनको चलन यस कारण चलेको हो कि दम्पतीले एक-अर्कालाई राम्रोसँग बुझ्न सकून्। उनीहरूलाई समय चाहिन्छ, जुन केही दिन एक-अर्कासँग बिताएर प्राप्त हुन्छ। परिवारको हस्तक्षेपमा दम्पतीले यो स्पेस प्राप्त गर्न सक्दैनन्। यदि नवदम्पतीका बीच कुनै प्रकारको समस्या उत्पन्न भए पूरा परिवार विशेषज्ञको भूमिकामा आउँछन्। सबै आ-आफ्ना तर्फबाट सल्लाह दिन पछि पर्दैनन्। के कुरा बुझ्नु आवश्यक छ भने आफ्नो समस्यालाई स्वयं आफैले समाधान गर्नुपर्छ। आफ्नो सम्बन्धको डोरी अरूको हातमा दिनु बुद्धिमानी होइन। आफ्नो निर्णय स्वयं आफैंले लिने प्रयास गर्नुपर्छ। सम्बन्धको सुमधुरताका लागि जति प्रयास गरिन्छ त्यति नै फाइदा हुन्छ।
स्पेस चाहिन्छ
वैवाहिक सम्बन्धमा व्यक्तिगत स्पेस -मेरो इच्छा) को स्थान हाम्रो भन्ने कुराले लिन्छ। यदि दम्पती दुवैजना एक-अर्काको स्पेसका सम्बन्धमा विवाद गर्न थाल्छन् र आफ्नो स्पेसलाई अर्कोले हत्याएको वा संकुचित बनाएको सोच्न थाल्छन् भने हाम्रो भन्ने भावका लागि स्थान बाँकी रहँदैन। सँगै रहन र अघि बढ्न म र मेरो भन्ने भाव समाप्त गर्नु आवश्यक छ। व्यस्तताले भरिएको जीवनमा सँगै समय बिताउने प्रयास गरिरहनुपर्छ। दैनिक जीवनका केही कार्य सँगै गर्नुपर्छ। जस्तै- वाक्मा जानु वा किचेनको काम गर्नु आदि। सँगै बस्दा सकेसम्म एक-अर्कालाई समय दिने प्रयास गर्नुपर्छ।
तालमेल बसाउनुपर्छ
श्रीमान्-श्रीमतीको सम्बन्धलाई भन्दा अन्य सम्बन्धलाई अलि कम महत्त्व दिनुपर्छ। आफ्नो वैवाहिक सम्बन्धलाई भन्दा अन्य सम्बन्धलाई बढी प्राथमिकता दिने मूर्खता गर्नुहुँदैन। कतिपय दम्पती आफ्ना सन्तानलाई युवा वा किशोरावस्थासम्म पनि सँगै सुताउँछन्। त्यसो गर्नाले साथीसितको दूरी स्वयं आफैंले सिर्जना गरे सरह हुन्छ। असहज परिस्थिति सिर्जना हुन्छ र आफ्नो सम्बन्धलाई सुदृढ र सुमधुर तुल्याउने स्पेस प्राप्त हुँदैन। यस स्थितिमा आफ्नो सम्बन्धका लागि समय दिन मार्ग खोज्नुपर्ने हुन्छ, प्रयास गर्नुपर्ने हुन्छ। यसो गर्दा एक-अर्काको भावनाको ख्याल राख्नु पनि आवश्यक हुन्छ।
पूर्वाग्रह छोड्नुपर्छ
हामीमध्ये धेरैजना विवाह संस्थालाई आफ्ना अभिभावकसित जोडेर हेर्छौं। एक युवती के सोच्छिन् भने उनका पिताभन्दा राम्रो श्रीमान् हुनै सक्दैनन् किनभने उनी घरेलु सरसामानको सपिङदेखि होमवर्कसम्म मद्दत गर्थे। यदि उनका श्रीमान् यस प्रकारको नभए उनी हतास हुन पुग्छिन्। ठीक यसैगरी यदि श्रीमतीले उनकी आमाले सरह राम्रो खाना पकाउन सकिनन् भने श्रीमान् निराश हुन्छन्। यद्यपि यसप्रकारको घटनामा अर्को पक्षलाई नजरअन्दाज गर्नुहुँदैन। अभिभावक नै आदर्श हुन् भन्ने होइन। आफ्नो जीवनशैली र तिनको आवश्यकता अभिभावकको भन्दा फरक हुनसक्छ। त्यही बाटो आफ्ना लागि पनि सही र सार्थक हुन्छ भन्ने छैन। आफूले आफ्ना लागि आफ्नो आवश्यकताअनुसार नयाँ बाटो पहिल्याउनुपर्ने हुन्छ।
हाम्रो परिवार
आफ्नो परिवारलाई प्रेम गरे श्रीमान् वा श्रीमतीले पनि गर्छन् भन्ने सोंच्नु ठीक होइन। म र मेरो परिवार तथा तिमी र तिम्रो परिवार भन्ने कुरालाई झगडा वा विवादको मुद्दा बनाउनु गलत हो। हामी र हाम्रो परिवारको भावनामा अघि बढ्ने प्रयास गर्नुपर्छ। हुनसक्छ तपाईंले भन्दा तपाईंका साथीले तपाईंको परिवारलाई प्रेम गरून्। यद्यपि यो कुरालाई बुझ्नु आवश्यक छ कि हरेक परिवार र त्यसको आवश्यकता फरक हुन्छ। एउटाको तुलना अर्कोसित गर्नु आपसी सम्बन्धका लागि श्रेयस्कर हुँदैन।
मित्रजनको सीमा
मित्रजनलाई वैवाहिक सम्बन्धका बीच पस्ने अवसर दिनुहुँदैन। युवकहरू प्रायः आफ्ना साथीहरूसित अबेरसम्म घरबाहिर रहन्छन् भने युवतीहरू सपिङ क्रेजी हुन्छन्। साथीहरू छन् भने तिनको राय-सल्लाह पनि अवश्य प्राप्त हुन्छ तर उनीहरू सबै जना अनुभवी नै हुन्छन् भन्ने छैन। हरेकको राय सबैका लागि फाइदाजनक हुन्छ भन्ने पनि छैन। अतः सुन्नु ठीक छ तर अवलम्बन गर्नुपर्छ भन्ने बाध्यता छैन। कहिलेकाहीँ स्थिति समान हुनसक्छ तर कारण फरक हुन्छ जसले गर्दा समाधानको उपाय एउटै हुन्छ भन्ने छैन।
सहायता लिनुपर्छ
यदि सम्बन्धमा कुनै समस्या छ र आफूबाट समाधान हुने सम्भावना छैन भने विशेषज्ञको परामर्श लिनुपर्छ। हामीमध्ये कतिपय सही-गलतका बारेमा निर्णय लिन असमर्थ हुन्छौं। अतः सम्बन्धित विशेषज्ञको सल्लाहलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। विवाह र यसको स्थान जति आत्मीय, सुरक्षित र पि्रय हुन्छ त्यति नै संकीर्ण पनि हुन्छ, त्यसमा मात्र दम्पती प्रवेश गर्न सक्छन्। यसका लागि प्रयास गर्न पछि हट्नुहुँदैन। दम्पतीका बीचमा तेस्रो व्यक्ति प्रवेश गर्ने बाटो खुला छाड्नुहुँदैन। यी कुरालाई अवलम्बन गर्न सके दाम्पत्य जीवन सुमधुर, स्थायी एवं सुदृढ रहन्छ तर प्रयास श्रीमान्-श्रीमती दुवैतर्फबाट हुनु आवश्यक छ।
स्वयंलाई कति परिवर्तन गर्ने रु
परिवर्तनका मामिलामा पार्टनरका बीच मनमुटाव बढेर सम्बन्ध विच्छेद हुने अवस्थासम्म आउन सक्छ। मनोवैज्ञानिकहरूका अनुसार विवाहपछि जीवनसाथीको खुसीका लागि स्वयंलाई परिवर्तन गर्नु उचित हुन्छ तर जब पार्टनरले एक-अर्काबाट धेरै परिवर्तनको अपेक्षा राख्छन् तब सम्बन्धमा चिसोपन आउँछ।
अनामिका आफु शुद्ध शाकाहारी भए पनि श्रीमान् अर्जुन ननभेजिटेरियन भएको बताउँछिन्। सुरु-सुरुमा अर्जुनले आफूलाई मांसाहारी खाना खान दबाब दिए पनि आफूले सम्झाएपछि श्रीमान्ले त्यसो गर्न छाडेर बरु आफ्नो खुसीका लागि मांसाहारी खाना कम गर्दै घरमा ल्याउन छोडेको अनामिकाले बताइन्। आफ्ना श्रीमान्को समझदारीपूर्ण निर्णयले सम्बन्ध अझ सुमधुर भएको अनामिकाको कथन छ।
परिवर्तन किन आवश्यक छ ?
पार्टनरको खुसीका लागि स्वयंमा केही परिवर्तन ल्याउनुमा कुनै आपत्ति हुँदैन साथै आफूलाई उनका लागि परिवर्तन गरिएको छ भने उनीबाट पनि तत्काल त्यस्तै अपेक्षा गर्नु ठीक होइन। यसले आपसी सम्बन्धमा प्रेमको साटो बदलाको भावना जन्माउँछ। परिवर्तनलाई आत्मसम्मानको मुद्दा बनाउनुहुँदैन।
स्वयंमा परिवर्तन ल्याएको अनुभव बाँड्दै गृहिणी स्मृति भन्छिन्-माइतीमा बिहानै नुहाउने बानी थिएन, अतः विवाहपछि पनि ननुहाइकनै घरको काम गथेर्ं। श्रीमान्लाई यो कुरा पटक्कै मन पर्दैनथ्यो। सुरुमा त उनले केही भनेनन् तर केही दिनपछि भने बिहान नुहाउँदा राम्रो हुने बताए। उनको खुसीका लागि मैले बिहानै नुहाउने बानी बसालें।
पार्टनरलाई एक-अर्काको हरेक बानी-व्यवहार मन पर्छ भन्नु गलत हुन्छ। यस्तो बिरलै सम्भव हुन्छ। पार्टनरले आफूलाई बानी सुधार्न दबाब दिने सम्भावना हुन्छ। यस्तो स्थितिमा रिसाउने वा नराम्रो मान्ने भन्दा सम्बन्धको संवेदनशीलतालाई बुझेर स्वयंमा परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ। यदि आफ्ना केही कुरा परिवर्तन गर्न सकिँदैन भने प्रेमपूर्वक त्यो कुरा पार्टनरलाई बताउनु उचित हुन्छ।
पार्टनरको प्रयासको प्रशंसा गर्नुपर्छ सुमित र रीता एक-अर्कालाई निकै माया गर्छन्। सुमितको जीवनमा आइसकेपछि रीताले आफूलाई धेरै परिवर्तन गरेकी थिइन्। यसबाट सुमित निकै प्रभावित थिए। रीताको चाहना पूरा गर्न उनी कुनै कसर छाड्दैनन्। त्यसैले दुवैबीच निकै सुमधुर र प्रेमपूर्ण सम्बन्ध छ।
परिवर्तन किन आवश्यक छ
प्रेमको माध्यमबाट सबै कुरा जित्न वा प्राप्त गर्न सकिन्छ। यदि पार्टनर आफ्नो सुखका लागि स्वयंलाई परिवर्तन गर्&am



