बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् गाउँपालिका अध्यक्ष

1

काठमाडौं । बजेट बाँडफाँटमा मनलाग्दी गरेको भन्दै जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्यकक्षमै हातपात गरेकी छिन् ।

अध्यक्षमाथि हातपात गरेपछि उपाध्यक्ष भण्डारी आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन् । प्रत्यक्षदर्शी गाउँपालिकाका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रयोग गरी हातपात गरेकी थिइन् ।

1

उपाध्यक्षबाट हातपात भएको भन्दै अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरीसमेत दिएका छन् । उजुरीउपर मंगलबार छलफल हुने बताइएको छ ।

1

अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपाध्यक्ष भण्डारी एकीकृत समाजवादी पार्टीबाट विजयी भएकी हुन् । यहाँ विगतदेखि नै अध्यक्ष र उपाध्यक्षबीच अधिकार क्षेत्रका विषयमा विवाद हुँदै आएको थियो ।नेपालभ्युले उल्लेख गरेको छ ।