जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

1

मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरीले जनाएको  छ।

मृतक तथा घाइतेको पहिचान यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धारको लागि सोरुकोट प्रहरी चौकी र तारापानी प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ गएका छन् ।

Update: 2 killed,10 injured in a road accident in Parbat - OnlineKhabar  English Newsad

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको छ ।

ad