काठमाडौ । सिएनएन हिरो घोषित माइती नेपालकी संस्थापक अध्यक्ष एवम् समाजसेवी अनुराधा कोइराला बिहीबार स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उल्लेख्य सङ्ख्यामा उपस्थित कलाकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, शुभचिन्तक र छात्रछात्राले उहाँलाई स्वागत गरेका थिए ।
संयुक्तराज्य अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले यही मङ्सिर ५ गते चेलीबेटी बेचबिखनविरुद्ध विशिष्ट योगदान पुर्याएको ठहर गर्दै यस वर्षको हिरोको सम्मानसहित एक लाख २५ हजार अमेरिकी डलर -करिब रु ९३ लाख) प्रदान गरेको हो ।
अनलाइन मतदानमार्फत भएको सो छनौट प्रक्रियाका आधारमा विश्वका १० हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिनेर उहाँ सिएनएन हिरो बन्न सफल हुनुभएको हो ।
गत सेप्टेम्बर २३ देखि नोभेम्वर १८ सम्म भएको अनलाइन मतदानमा समाजसेवी कोइरालाले सबैभन्दा बढी करिब २० लाख मत प्राप्त गर्नुभएको थियो ।
समाज परिवर्तनका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तित्वलाई सन् २००७ देखि सिएनएनले सो सम्मान प्रदान गर्दै आएको छ ।
शुभेच्छुक एवम् सञ्चारकर्मीमाझ भावविहृवल हुँदै उहाँले आफ्नो सम्मानले समग्र नेपालको प्रतिष्ठा बढाएको प्रतिक्रिया दिँदै भन्नुभयो-