

डिलराज वि.सी. चण्डीगढ़
नेपाली जनसम्पर्क समिति समिति लुधियानाको आयोजनामा हुने तीज विशेष कार्यक्रमको भव्य तयारी भएको आयोजक संस्थाले जनाएको छ । श्री कृष्ण जन्माष्टमी को दिन हुने कार्यक्रमको लागी मोहन शर्मा वेल्वासे : अध्यक्ष लुधियाना,उपाध्यक्ष सुरेश पौडेल ,मना वेल्वासे,सचिव : माया पौडल,सह सचिव : तारा भण्डारी कोषाध्यक्ष : भिम भण्डारी,संगठन सचिव : सिमा भण्डारी सांस्कृतिक सचिव : मिना पोखरेल,सांस्कृतिक सह सचिव पुजा पोखरेल सहित अध्यक्ष : नीमा थापा,उपाध्यक्ष : सिमा न्यौपाने, शिवराम भण्डारी ,सचिव सागर पोखरेल द्धारा तयारी पुरा भएको वताईएको छ । भारतको पंजाब राज्य अन्तर्गत रहेको लुधियाना जिल्ला स्थित जज घर “जिटिभी हस्पिटल नजिकै शास्त्री नगर लुधियानामा आयोजित कार्यक्रममा वरिष्ठ प्रतिनिधि : राम वहादुर कुंवर,तारा वेल्वासे : केन्द्रीय सम्पादक,कृष्ण पौडेल : क्षेत्रीय सदस्य टामलाल पोखरेल : क्षेत्रीय सदस्य रघुपती अधिकारी : क्षेत्रीय सदस्य लगायतका अथिती उपस्थिति हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

हिन्दु नेपाली नारीहरुको महान पर्वको रुपमा मनाइदै आएको तीज विशेष कार्यक्रमका लागी राष्ट्रीय कलाकार हरु सहित पत्रकार समेत विभिन्न देशमा जाने तयारी विच भारतमा चिर परिचित स्वतन्त्र पत्रकार डिआरजी सुमन सेप्टेम्वर ०७ मा आयोजित कार्यक्रममा सहभागी हुनेगरी यात्रा तय गरिएको नेपाली जनसम्पर्क समिति लुधियाना का अध्यक्ष मोहन शर्माले डिआरजी सुमन फ़ैन्स नेपालको सचिवालयमा जानकारी गराउनु भएको छ ।


डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का प्रवक्ता दिनेश शर्माका अनुसार १० दिने भारत यात्राका क्रममा लुधियाना,चण्डीगढ़, जालंधर र दिल्ली का कार्यक्रममा सहभागी हुनेगरी यात्रा तय भएको वताईएको छ ।
हिन्दू नारीहरुको महान चाड हरितालिका तीज विशेष कार्यक्रममा भारत यात्रामा निस्कने तयारीमा रहेका डिआरजी सुमनको अन्तर्राष्ट्रीय यात्राका कम्तीमा २ जना सदस्य हुनु पर्ने व्यावस्था वमोजिम यस पटक चण्डीगढ़ डिलराज विसी, लुधियाना गणेश विक ,जालन्धर मा राधा रेग्मी र विन्दु गौतमलाई तोकिएको अध्यक्ष चिरन खड़कले वताउनु भएको छ ।

डिआरजी सुमनको भारत यात्रामा सर्वप्रथम नेपाली जनसम्पर्क समितिले लुधियानामा आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत श्री कृष्ण जन्माष्टमीको दिन रहेको छ ।
अर्घाखाँची मिडिया हाउस द्वारा संचालित अर्घाखाची डटकम विदेश विभाग प्रमुख समेत रहेका स्वतन्त्र पत्रकार डिआरजी सुमनले भारत यात्राको क्रममा भारत स्थिति विभिन्न संस्थामा रहदै सामाजिक क्षेत्रमा परिचित नेतृत्व सँग सामूहिक तथा एक एक भेटघाट गर्ने कार्यक्रम तय गरिएको डिआरजी सुमन फ़ैन्स कल्व का संरक्षक तथा प्रेस सहयोगी दिपक भुसालले वताउनु भएको छ ।

भारतको पंजाब राज्य अन्तर्गत रहेको लुधियानामा आयोजित सेप्टेम्वर ०७ को कार्यक्रमको लागी नेपाली जनसम्पर्क समितिको अध्यक्ष मोहन शर्मा वेल्वासेको औपचारिक निमन्त्रणामा लुधियाना आउने गरी यात्रा तय भएको डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का पुर्वोत्तर भारत क्षेत्रीय प्रमुख तथा सचिवालय सदस्य डिलराज विसीले जानकारी गराउनु भएको छ । एक हप्ता वढी भारत यात्रामा रहनेगरी यात्रा तय भएको समयमा स्वतन्त्र पत्रकार डिआरजी सुमन द्धारा हरितालिका तीज को कार्यक्रममा लुधियाना मै आयोजित विभिन्न तीज विशेष कार्यक्रममा उपस्थिति जनाउने गरी तयारी भएको छ । – तस्वीर मोहन शर्मा वेल्वासे,लुधियाना.पंजाब भारत





