सन् २००९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता प्राध्यापक इलिनोर ओस्ट्रम चारदिने भ्रमणका लागि आइतबार काठमाडौँ आएकी छन् ।
सरकारको निमन्त्रणामा प्राध्यापक ओस्ट्रमको नेपाल भ्रमण तय भएको हो । उनले नेपालमा समुदायको सहभागितामा सामुदायिक स्रोतको व्यवस्थापनका क्षेत्रमा गहन अनुसन्धान र अध्ययन गरेकी छन् । उनले आफ्नो भ्रमण क्रममा राष्ट्रपति डा. रामवरण यादव र कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारसँग भेट गर्नेछिन् ।
त्यसैगरी प्राध्यापक ओस्ट्रमले काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुका साथै नेपाल सरकारका सचिवहरुसँग भेट गर्ने कार्यक्रम छ।
उनी मङ्सिर २२ गते फर्कनेछिन् ।
को हुन इलिनोर ओस्ट्रम
-उनी पहिलो विश्व महिलाको रुपमा अर्थशास्त्रको नोवेल पुरुस्कार विजेता हुन् । जुविस बाबु र प्रोष्टेन्ट धर्म मान्दथे । सन् १९३३ मा क्यालिफोर्निया जन्मेकी हुन् । १९५१ मा उनले हाइस्कुलको शिक्ष बेभरीबाट पूरा गरेर सन् १९५४ मा राजनीति शास्त्रमा स्नात्तक पूरा गरेकी थिइन् । सन् १९६५ मा विद्यावारिधि उपाधि प्राप्त गरेकी थिइन् । उनले आफ्ना श्रीमान भिसिन्ट ओस्टमसंग मिलेर राजनीतिक सिद्धान्त र नीति विश्लेषण नामक एक सम्मेलन गरीकी थिइन् ।