भेपमार्फत् अवैध सुन तस्करी प्रकरण : राहुल महरासहित ३ जनालाई मुद्दा चलाउन सिफारिस

Open photo 

काठमाडौँ। भेपमार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उनीहरूलाई संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिँदै प्रतिवेदन बुझाएको हो।

सिआईबीले राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै प्रतिवेदन बुझाएको हो। ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेको अभियोग लागेका दावा छिरिङ हाल पुर्पक्षका लागि थुनामा छन्।

1

सिआईबीले प्रतिवेदनमा एक नेपालीलाई फरार सूचीमा राखेको छ भने, सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखेको छ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय सिआईबीले दिएको छ।

२०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ग्राम सुन भेटिएको थियो।

111

 

images