लोडशेडिङ बढाएर दिनको सात घन्टा पुर्याइने भएको छ।
नेपाल विद्युत प्राधिकरणले आइतबारसम्म वर्षा शुरु नभए लोडशेडिङ बढाउन बाध्य हुने जनाएको छ।
दैनिक छ घन्टा लोडशेडिङ भोग्दै आएका नेपालीहरुले सोमबारदेखि दैनिक सात घन्टा अर्थात सातामा ५४ घन्टा लोडशेडिङ बेहोर्नुपर्नेछ।
मनसुन
यो अहिलेको भन्दा १२ घन्टाले बढि हो।
नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाट लोडशेडिङ बढाउनुपर्ने मुख्य दोष मनसुनलाई दिन्छन्।
मनसुन निर्धारित समयमै शुरु हुने धेरैतिरको अनुमान रहेपनि त्यसो हुन नसकेपछि लोडशेडिङको समय बढाउन आफूहरु बाध्य भएको उनको भनाइ छ।
जाडोयाममा दिनको १२ घन्टासम्म लोडशेडिङ भएको थियो।
गर्मी चढ्दै जाँदा हिउँ पग्लेर नदीहरुमा पानीको मात्रा बढेपछि लोडशेडिङ क्रमश घटाइएको थियो।
ढिला
लोडशेडिङ घटाउने मनसुन भने यसपटक पनि केही दिन ढिला हुनसक्ने बताइएको छ।
गत वर्ष १३ दिन ढिलो गरि मनसुन भित्रिएको थियो।
मौसम भविष्यवाणी गर्ने कार्यालयको पछिल्लो अनुमान अनुसार मनसुन नेपाल आइपुग्न अझ पाँच सातदिन लाग्न सक्छ।
उक्त कार्यालयका मौसमवीद राजेन्द्रप्रसाद श्रेष्ठले भने,



