२ बर्षदेखि कुवेतमा अलपत्र परेकि नेपाली क्रिकेटटीमका उपकप्तानकि आमाको निबेदन दुतावासमा दर्ता


बिगत दुई बर्ष देखी कुवेतमा गैरकानुनी रुपमा कार्यरत क्रिकेटका उपकप्तान ज्ञानेन्द्र माल्लकी आमालाई नेपाल पठाउन नेपाली दूताबास कुवेतमा निबेदन दर्ता भएको छ । बैदेशीक रोजगारिको लागि ४ बर्ष पहिला कुवेत आएकि श्रीमती माया मल्ल बिगत २ बर्ष देखी कुवेतमा गैरकानुनी रुपमा कार्यरत छन् । घरेलु नोकरानीको काम गर्न पुगेकी माया मल्ल मालिकको मानसिक र शारिरिक यातना, अभद्र ब्यबहार, कुटपिटले गर्दा आफ्नो शरिर नै जोखीम अवस्थामा पर्न जाने अवस्था देखिएकाले शरिर बचाउनको लागी काम गदै आईरहेको घर छोडि भाग्न वाध्य हुनु भएको थियो । कुवेतको कानुन अनुसार मालिकको घर छोडि भाग्ने कामदार गैरकानुनी हुन्छन् । पुलिसको हात परेको खण्डमा जेलको सजाय भोग्नु पर्ने हुन्छ । त्यसैले श्रीमती माया मल्ल लुकी छिपी बसिरहेकीछिन् ।



श्रीमती माया मल्ल हाल नेपाल फर्कन चाहनुहुन्छ तर वहाँसँग भिषा, पास्पोर्ट केही पनि छैन । वहाँलाई नेपाल फर्कने ब्यबस्था मिलाउन कुवेतका दुई ठुला संस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब र एन आर एन ए कुवेतले संयुक्त रुपमा नेपाली दूताबासमा निबेदन दिएका छन् । दुबै संस्थाका उपाध्यक्ष रहनु भएका धर्म राज गिरी निबेदन दर्ता गराउन दूताबास पुग्नु भएको थियो । निबेदनमा माया मल्ललाई यथासिध्र नेपाल पठाउने ब्यबस्था मिलाउन दूताबासलाई आग्रह गरेको गिरीले जानकारी दिनुभयो । 



यसै सन्दर्भमा हामीले दूतबासका सचिव पुष्पराज भटराई लाई संपर्क गरेका थियौ । भटराईले भन्नुभयो हामीले प्रकृया शुरु गरेका छौ । वहाँ पुलिस चौकी वा जेलमा केही दिन बिताई कानुनी प्रकृया पुर्याउनुपर्छ । तर वहाँको मनसाय पुलिसको हवाला नहुने भएकोले समय लाग्ने बताउनुभयो । यता कुवेतका संघ संस्थाले भनी दूताबासले केही नगरि कानमा तेल हाली बसेको बताउछन ।



स्मरण रहोस् गत महिना एलिट कप २०१० क्रिकेट खेल्न कुवेत आएका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नी आमालाई नेपाली फर्कने प्रबन्ध मिलाई दिन महामहिम राजदूत मधुवन पौडेललाई आग्रह गरेका थिए । त्यस्तै नेपाली टिमका म्यानेजर बिनोद मैनालीले पनि राजदूतलाई भेटी यथासिघ्र पहल गरिदिन अनुरोध गरेका थिए । – सुजन केसी – कुवेत