यही जून ११, २०१० मा नेपाली जनप्रगतिशील मंच, यु.ए.ई.को आबुधाबी क्षेत्रीय समितिको भेला सम्पन्न भएको छ | आबुधाबीका क्षेत्रीय अध्यक्ष ढाल बहादुर राउत को अध्यक्षतामा भएको सो भेलामा नेपाली जनप्रगतिशील मंच, यु.ए.ई.का केंद्रीय महासचिब श्याम परियार का साथै केंद्रीय समिति सल्लाहकार पीताम्बर पोखरेल के. सदस्य मिलन लिम्बू, राजेश खडका, सास्कृतिक बिभाग प्रतिनिधि नेत्र के.सी. को बिशेष उपस्थिति रहेको थियो | सो भेलाले भर्खरै सम्पन्न सचिवालयको बैठकका निर्णयहरु कार्यन्वयन गर्नका लागी बिभिन्न जिम्मेवारीहरु सुम्पिनेकाम गरेको छ| जस अनुसार डी.बी.राउत, दिलीप पाख्रिन, र नेत्र केसी लाई बिशेष जिम्मेवारी समेत सुम्पिएको छ| सो अवसरमा भर्खरै एकीकृत ने.क. पा.माओबादी ले प्रस्तुत गरेको संबिधान मसौदा २०६७ को बारेमा समेत छलफल भएको थियो | सो मसौदा संबिधानलाई प्रवास मा ब्यापक छलफल मा लैजाने र उचित सुझाब संकलन गरी पार्टीलाई बूझाउने बारेमा महासचिब श्याम परियारले जानकारी गराउनु भएको थियो| अन्तमा संगठनलाइ प्रवासमा ब्यापक बनाउने बारेमा बिशेष निर्णय गर्दै सो भेला को समापन आबुधाबीका क्षेत्रीय अध्यक्ष ढाल बहादुर राउत ले गर्नु भएको सो कार्यक्रममा क्षेत्रीय सल्लाहाकार राम शाही ,दिलीप पाख्रिन,गान्धी बहादुर जी.सी. लगायत को उपस्थिति रहेको थियो । – श्याम परिवार – यूएई-आबुधाबी



