चीनमा नेपालीहरुले हर्षोउल्लासका साथ दसैँ मनाए

चीन । विजयादशमीको दिन प्रवासी विद्यार्थीले चीनमा मान्यजनको हातबाट टीका ग्रहण गरे । चिकित्साशास्त्र पढ्न गएका नेपाली विद्यार्थीद्वारा टीकाको दिन चाइना थ्री गर्जेज युनिभर्सिटी हुवेइ प्रोभिन्स, इछाङ चीनमा दसैं कार्यक्रम सम्पन्न गरेका हुन् ।


कार्यक्रममा करिब दुई सय विद्यार्थीका साथै नेपाली शिक्षकको समेत सहभागिता रहेको विद्यार्थी ओमप्रकाश अधिकारीले इछाङ चीनबाट जानकारी दिएका छन् ।


सो टीका कार्यक्रममा चिनियाँ विद्यार्थीका साथै इन्डोनेसियाली, क्यानडाली तथा भियतनामी विद्यार्थी पनि सहभागी थिए । प्रवासमै भए पनि टीका लगाउन पाएकामा नेपाली विद्यार्थी दङ्ग परेका थिए ।


कार्यक्रममा डा बीके मल्ल, डा बाबुराम, डा कस्तुरीलगायत शिक्षक, शिक्षिकाले टीका लगाई आशीर्वाद दिनुभएको थियो ।