घोराहीमा भेटिएका व्यक्ती महेन्द्रनगर घर भइ हाल दाङको घोराहीमा बस्दै आएका इश्वरीदत्त जोशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कालो टिसर्ट, निलो पाइन्ट र चप्पल लगाएका जोशीको मृत्युको कारण केही खुल्न नसकेको जिल्ला प्रहरीले बताएको छ । बिहीबार बिहान पौने ७ बजे स्थानिय बासिन्दाले उक्त ब्यक्तीलाई सडक छेउमा मृत अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसैगरी भालुवाङमा मृत भेटिएकी महिला कपिलबस्तु जिल्लाको शिबगढी ६ अञ्चलपुर निबासी ६० वर्षीया फुर्सीदेबी रोका रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । बुधबार बिहान आँखा जाँच गराउन घरबाट निस्केकी रोका गएराती भालुवाङस्थित राप्ती नदीको किनारमा मृत अबस्थामा फेला परेको इप्रका भालुबाङले जनाएको छ । यि दुवै घटनाका बिषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



