एन आर एन कुवैतले हिमालयन बैंकका कुवैत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई कदर पत्रका साथ सम्मान र विदाई

एन आर एन कुवैतले हिमालयन बैंकका कुवैत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई कदर पत्रका साथ सम्मान र विदाई गर्यो ।

 

कुवैत सिटि अक्टोबर २१। आज एन आर एन ए कुवैतले  हिमालयन वैक  कुवैत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठ लाई एक कार्यक्रमको आयोजना गरि  भब्यताका साथ कदर पत्रले सम्मान गरि विदाई कार्यक्रम सम्पन्न गर्यो ।

 

कार्यक्रममा  सस्थाका अध्यक्ष राजेन्द्र तामाङ,आई सि सि कोर्डिनेटर राजन कुवँर उपाध्यक्ष धर्मराज गिरि महासचिव पाष्टर अगम बहादुर सुब्बा ,सचिब सुजन के सि, सदस्यहरुमा सौगात सुवेदि, कृष्ण पाण्डे, कमल बहादुर लिम्बु,हरि कृष्ण न्यौपाने,समाजसेवि बालकुमार गुरुङ र अन्य समाजसेवि र बुद्दिजिविहरुको  ऊपस्थिति थियो भने हिमालय बैकका नयाँ प्रतिनिधि अभिषेक थापा हुनुहुन्थ्यो ।

 

अध्यक्ष राजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब सुजन के सि ले गर्नु भएको थियो । उहाँ एक कर्मठ ब्यक्तित्व हुनुहुन्थ्यो मिजासिलो,सरल, सहयोगि र सबैले रुचाएको मान्छे आज कुवैत बाट छोडेर जानु हामि कुवैत बासि नेपालीका  लागि नरमाईलो लाग्नु स्वभाविक हो भन्दै उहाँको पद सम्हाल्नु हुने अभिषेक थापाले पनि उहाँले जस्तै सबै नेपालीले कमाएको रुपैया सुरक्षित तबर बाट घर सम्म पठाई दिने ब्यबस्था पक्कै गर्नु हुनेछ सबै नेपालीहरु सँग भाईचाराको संबन्धमा कुनै कमि आउने छैन भन्ने आशा राख्दछौ भन्दै श्रेष्ठका लागि कदर पत्र हस्तान्तरण गर्दै  शैलेन्द्रमान श्रेष्ठको बारेमा जति सुकै मुक्तकण्ठले ब्याख्या गरे पनि कमै हुने छ भन्नु भयो ।

 

कार्यक्रममा आई सि सि कोर्डिनेटर राजन कुबँरले उहाँ लाई मायाको चिनो दिनु भएको थियो । काठमाण्डौ कोटेश्रर निवासी शैलेन्द्र मान श्रेष्ठले पनि यहाँ बसेर नेपालीहरु सँग साटेको माया कहिल्यै नबिर्सने कुरा गर्दै सदासर्बदा सम्पर्कमा रहने कुरा ब्यक्त गर्नु भएको थियो ।