राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सम्बोधन गर्दै के.सी.ले “भारतमा ७ जनाबाट शुरूवात भएको संगठन अखिल भारत नेपाली एकता समाज अहिले खाडी मुलुक,यूरोप,एसिया,अमेरिका लगायतका महादेशका करिव डेढ दर्जन मुलूकहरूमा स्थापना भएकोमा खुशी ब्यत्त गर्दै अन्य देशमा गठन हुन लागेका नेपालीहरूको संगठनलाई पनि भेलाले संगठन विस्तार गर्नमा अझ ठोस योजनाका साथ सहयोग पुराउनु पर्ने आवश्यक्ता औलाएका थिए । “अन्तर्राष्ट्रिय नेपाली एकता समाजले देशमा गणतन्त्रको संस्थागत गर्न र देशलाई संघीयतामा लैजान नदिनका लागि विश्वव्यापी रूपमा अझै ठोस पहल गर्नु जरूरी छ भन्दै प्रवासमा बसेका नेपालीको हजारौ हजारका हस्ताक्षरको अर्थ नबुझेमा त्यसले भबिश्यमा ठुलो प्रभाव पार्ने बताउदै यदी देशलाई संघीय प्रणालीमा लगिए समाजका सबै एकहुँदै युद्दको मैदानमा उत्रिनु पर्ने र त्यसका लागि तयार हुन सबैमा अपिल समेत गरे ।
“सो समारोहमा अखिल मलेसिया नेपाली एकता समाजको तर्फबाट डिलाराम बुढाथोकी,अखिल अरब नेपाली एकता समाजको तर्फबाट केशव आचार्य, तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट मित्रलाल शर्माले भेलाको सफलताको शुभकामना दिएका थिए ।
कतार एकता समाजका प्रतिनिधि अर्जुन थापाको स्वागत तथा अखिल मलेसिया नेपाली एकता समाजका पूर्व अध्यक्ष् आनन्द शर्माद्वारा संचालन गरिएको सो समारोहको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सभापति दुर्गबहादुर के.सी. ले गरेका थिए । समारोहमा शहीदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
बिभिन्न चरणमा गरी सम्पन्न कार्यक्रमको बन्दसत्रमा बिभिन्न प्रस्तावहरुमाथि छलफल गरिएको थियो । अर्जुन थापा द्वारा सन्चालन गरिएको बन्द सत्रको शभापतित्व डिलाराम बुढाथोकीले गरेका थिए । विभिन्न प्रस्तावहरूमाथि छलफल गरिएको बन्दसत्रमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार सदस्य गिरीधारीलाल न्यौपाने तथा कार्यालय सचिव नारायण बन्जाडे खुलारूपले नै संगठनविरोधी, अनुशासनविहीन तथा फुटपरस्त गतिविधिमा संलग्न भएको आरोपमा दुवैजनालाई भेलाले अनिश्चितकालका लागि पद तथा साधारण सदस्य समेतबाट निस्कासन गरेको छ ।
भेलामा अन्तर्राष्ट्रिय एकता समाजका सभापति दुर्गबहादुर के.सी. ले ३ सदस्यीय सल्लाहकार सहित १९ सदस्यीय नयाँकार्यसमिती चयन सम्बन्धमा प्रस्तुत गरेको प्रस्ताव व्यापक छलफलपछि पारित गरिएको थियो ।
सो प्रस्ताव बाट पारीत गरी चयन गरिएको नयाँकार्यसमितीमा मित्रलाल शर्मा(भारत) अध्यक्ष,उपाध्यक्ष मानबहादुर थापा -युएई,महासचिव राजेन्द्र श्रेष्ठ -कतार, सचिव रामबहादुर बस्याल-साउदी अरब,कोषाध्यक्ष् दलबहादुर गाहा -बहराइन, र सदस्यहरुमा तोयनाथ कंडेल -बेल्जियम,लालबहादुर पुन- यूएई,जुद्धबहादुर नेपाली -मलेसिया,धनबहादुर के.सी.-बेलायत,विष्णु के.सी.-जापान,शोभाकान्त लामिछाने -ओमन,सक्तमान बुढामगर -हङकङ,पौरख के.सी. -अस्टे्रलिया,अर्जुन थापा -कतार,कृष्णबहादुर पछाई -अमेरिका,भागिलाल घर्तीमगर -दक्षिण कोरिया गरी ४ स्थान रित्त राखेको छ ।
समाजको नयाँगठित कार्यसमितिको सल्लाहकारमा दुर्गबहादुर के.सी.-भारत,तुफान के.सी.-जापान र गुमनाथ सुवेदी -बेल्जियम रहेको काठमान्डौ बाट जनाइएको छ । साथै भेलालगत्तै बसेको समाजको नयाँकार्यसमितिको बैठकले ३ सदस्यीय सचिवालय समेत गठन गरेको छ । जसमा अध्यक्ष मित्रलाल शर्मा,उपाध्यक्ष मानबहादुर थापा र महासचिव राजेन्द्र श्रेष्ठ रहेको समाचारमा जनाइएको छ । बैठकले सचिवालय कार्यालय काठमाण्डौमानै राख्ने निर्णय समेत गरेको छ ।
नवनिर्वाचित अध्यक्ष् मित्रलाल शर्माले नयाँकार्य समितिको तर्फबाट सपथग्रहण तथा प्रतिबद्धता प्रकट गर्दै संक्षिप्त मन्तव्य दिएका थिए भने नवनिर्बाचित कार्य समितिलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष् तथा सभासद् सन्तबहादुर नेपालीले बधाई तथा कार्यकालको पुर्ण सफलताको कामना गर्दै मन्तब्य राखेका थिए ।
यसै बिच अन्तराष्ट्रिय एकता समाजको नयाँकार्य समितीको पूर्ण कार्यकालको सफलताको लागि नेपाली एकता समाज यूएई तथा यूएईमा रहेका समाजका बिभिन्न छेत्रीय-उपक्षेत्रिय समितीहरुको तर्फ बाट एक सम्युत प्रेस बिज्ञप्ती जारी गर्दै शुभकामना ब्यत्त गरिएको छ ।
साथै नेपालको संघीयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईका अधक्ष्य कृष्ण ढकाल तथा महासचिव उमाकान्त पाण्डे गाउले द्वारा सम्युत रुपमा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्तिमा जनाइए अनुसार नेपाललाई बाइसे चौबिसे राज्यको युगमा फर्काउन खोजेर देशको राष्ट्रियता माथिनै आच आउनेखालले संघियतामा मुलुकलाई लैजाने निर्णयको खारेजी गर्न र गराउन लगाउन विश्व भर फैलिएको अन्तराष्ट्रिय नेपाली एकता समाजको नयाँकार्यसमिती ले महत्वपूर्ण योगदान दिन सकोस शुभकमना ब्यत्त गर्न चाहन्छौ भनिएको छ ।



