आफ्नै बाबुद्वारा १२ वर्षीया छोरी बलात्कृत

म्याग्दी (बेनी), कात्तिक १० – बाबियाचौर-८ का ५८ वर्षीय धनबहादुर नेपालीले आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज भट्टका अनुसार बुधबार आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु धनबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

 

विभिन्न समयमा पटकपटक बाबुले छोरीसँग अनैतिक सम्बन्ध राख्दै आएको सार्वजनिक भएपछि प्रहरीले धनबहादुरलाई पक्राउ गरेको हो।

पीडित बालिकाले प्रहरीसमक्ष आफूलाई बाबुले डरधम्की देखाएर पटकपटक बलात्कार गरेको बताएकी प्रहरी नायब उपरीक्षक भट्टले बताए।


बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको उनले बताए। – रासस

अन्य समाचारहरु