अब सगरमाथामा पनि थ्रीजी सेवा,भिडियो कलको गर्न सम्मको सुविधा

अखाटा – काठमाण्डौ डेस्क – ११ कार्तिक – नेपालमा सन्चालित निजी मोबाइल सेवा प्रदायक एनसेलले आजदेखी सगरमाथाबाट भिडियो कलको सुरु गरेको छ। सगरमाथाको ५ हजार ५ सय मिटरको उचाइबाट एनसेलको नेटवर्कबाट थ्रीजी सेवा अन्तर्गत उच्च गतिको इन्टरनेटसहित भिडियो कल सेवा सुरु भएको हो।


यो विश्व कै उच्च स्थानमा थ्रीजीको सेवा भएको कम्पनीले जनाएको छ।सगरमाथा आधार शिविर कालापत्थरबाट पर्वतारोही नाम्गेल शेर्पा र काठमाडौँबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनले भिडियो फोनमा कुरा गर्दै यो सेवाको औपचारिक सुरुवात गरेका हुन्।


एनसेलले सगरमाथा क्षेत्रमा नौ वटा बेस स्टेसन राखी सेवा थालेको बताएको छ। ती टावरमध्ये ३ वटा टावर सौर्य ऊर्जाबाट सञ्चालन हुन्छन्  भने बाँकी विद्युतबाट। कम्पनीले थप पाँच वटा टावर राखी पूरै सगरमाथा क्षेत्रमा जहाँ रहे पनि भिडियो कल र इन्टरनेटबाट बाँकी विश्वलाई जोड्ने बताएको छ ।

अन्य समाचारहरु