लमजुङ – आफ्नी छोरीको पढाइ खर्च जुटाउन नसकेपछि लमजुङमा एक वृद्धले आत्महत्या गरेका छन् । लमजुङको उदिपुर गाउँ विकास समिति-२ रतनपुरका ६५ वर्षीय धनबहादुर परियारले गएराति आत्महत्या गरेका हुन् ।
यस वर्ष प्रवेशिकाको पूरक परीक्षाबाट उत्तीर्ण भएर बेसीसहरस्थित मस्र्याङ्दी क्याम्पसमा पढ्ने निधो गरेकी छोरी सरस्वती परियारको भर्ना र पढाइ खर्च जुटाउन नसकेपछि धनबहादुरले आत्महत्या गरेकको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।