काठमाडौं, कात्तिक २६ – अष्ट्रेलियाको सिड्नीस्थित एक अदालतले सन् २००७ मा नेपालमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका एक अष्ट्रेलियन नागरिकालाई १५ महिना जेल सजाय सुनाएको छ। काठमाडौं स्थित अष्ट्रेलियन दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।
बाल यौन दुराचारका मामलामा अष्ट्रेलियन सरकार गंभिर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। यो सफलता अष्ट्रेलियन र नेपाली प्रहरीको संयुक्त अनुसन्धान तथा सहयोगबाट प्राप्त भएको जनाइएको छ।
विज्ञप्तिमा १६ वर्षभन्दा मुनिका बालबालिकासँग स्वदेश भित्र या बाहिर जहाँ यौनसम्बन्ध राखे पनि अष्ट्रेलियन कानुनले त्यसलाई अपराध मान्ने उल्लेख छ।