छठको अवसरमा अर्घजा पोखरी किनारमा जाग्राम बसेका युवकको गाली हानी हत्या

छठ मनाइरहेका एक युवाको शनिबार बिहान गोली हानी हत्या भएको छ। छठको अवसरमा अर्घजा पोखरी किनारमा जाग्राम बसेका मुकेस यादवको बिहान साढे ३ बजे गोली हानी हत्या भएको हो।


छठको अवसरमा सुरक्षाकर्मी परिचालन भएको अवस्थामा प्रहरी चौकीसँगै रहेका यादवको गोली हानी हत्या भएको हो । पोखरी किनारामा तास खेली रहेका बेला यादवलाई गोली हानिएको प्रहरीले जनाएको छ। उनको घाँटीमा एक गोली लागेको छ। एकै गोलीबाट मृत्यु भएका यादवलाई नजिकैबाट गोली हानिकएको हुनसक्ने अनुमान छ।


हजारौं श्रद्धालुले छठ मनाइरहेको भीडमा पड्केको गोलीको आवाज प्रहरीले सुनेको थियो। गोली लागेर बेहोस भएपछि  हल्ला  भएपछि मात्र प्रहरी आइपुगेको स्थानिय बासिन्दाका भनाइ रहेको छ ।


घटनामा संलग्न कसैलाई पनि अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

अन्य समाचारहरु