बारा, कार्तिक २८ – शनिबार राती बाराको सिंहासनी १ मा बुवा र सौतेनी आमा मिली दुई बालिकाको हत्या गरेका छन् ।मृत्यु हुनेमा ११ वर्षीय रम्या चौधरी र सात वर्षीय कृति चौधरी रहेका छन ।
बुवा खुशी चौधरी र उनकी कान्छी पत्नी विन्दु चौधरीको मिलेमतोमा जेठी पत्नीबाट जन्मिएका दुई छोरीको हत्या गरेका हुन । कोठामा सुति रहेको अवस्थामा बञ्चरो प्रहार गरी उनीहरुको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक बालिकाहरुको शव परीक्षणको लागि कलैया अस्पतालमा ल्याईएको छ । घटना स्थल सदरमुकाम कलैयाबाट करीब २० किलोमिटरको दुरीमा उत्तर पुर्वमा रहेको छ ।
खुशी र विन्दुलाई ईलाका प्रहरी कार्यालय कोल्हवीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।



