उदयपुरमा श्रीमतीलाई बेपता बनाई बेच्न खोज्नेलाई प्रहरीले पक्राउ

गाईघाट । उदयपुरको हँडिया गाविस-४ को गिरीबहादुर मगरको श्रीमती ईश्वरा मगरलाई बेपता बनाई बेच्न खोज्ने हँडियाकै कुमार कार्कीलाई हालै प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।


केही दिनअघि ईश्वरा मगरलाई हँडियाकै कुमार कार्की र तारा महताराले ललाई-फकाई काठमाडौँ पुर्‍याएका थिए । तर ईश्वराका बाबु सन्तोष मगर र भाइ प्रकाश मगरले प्रहरीमा जाहेरी गरेपछि कुमार कार्की र तारा महताराले ईश्वरालाई उदयपुरको जलजलेमा ल्याई छोडेका थिए ।


ईश्वरा अचेत अवस्थामा रहेकी थिइन् । तर प्रहरीले खोजी गर्ने क्रममा कुमार कार्कीलाई भने पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । तारा महतारा भने फरार रहेकी छन् ।


ईश्वराको होस खुलेपछि दिएको बयानको आधारमा आफूलाई विदेशमा रोजगारी लगाइदिने भनेर कार्की र महताराले फकाएर काठमाडौँ लगेको ईश्वराको भनाइ रहेको छ ।


आफूलाई बिक्री गर्न लगेको कुरा थाहापाएपछि आफू जलजले र्फकन सफल भएको ईश्वराको भनाइ रहेको छ ।
पीडित पक्षले भने ईश्वराको घरमा श्रीमान नभएको मौका पारेर कुमार कार्कीलगायतले विदेशमा बिक्री गर्न लगेको आरोप लगाएका छन्  । ईश्वराको श्रीमान गिरीबहादुर मगर भने रोजगारीको क्रममा खाडी मुलुकमा रहेका छन् ।

अन्य समाचारहरु