आय न्युन भएका गैरआवासीय नेपालीसँग छरिएर रहेको स-साना बचतलाई समेत पूँजीमा परिण्ात गरी नेपालमा लगानी गर्ने तथा आप्रवासलाई व्यवस्थित गर्ने विषयमा सो सम्मेलनको विशेष महत्व रहने जनाइएको छ ।
देशको आथिर्क विकासमा सामूहिक लगानीले खेल्नसक्ने भूमिका साथै रोजगारीको खोजीमा विदेश जान चाहने नेपालीका लागि सुरक्षति आप्रवासनको विषयलाई सम्मेलनमा प्रमुख जोड दिईने गैरआवासीय नेपाली सङघका केन्द्रिय कोषाधक्ष्य एवम पाँचौं क्षेत्रीय सम्मेलनका संयोजक रामेश्वर साहले जानकारी दिएका छन ।
यूएईमा अहिले गैरआवासीय नेपाली सङघको पाँचौं क्षेत्रीय सम्मेलनका लागि बिबिध पक्ष सँग छलफल र सो सम्मेलनको लागि एनआरएन एनसीसी यूएइ तयारीमा जुटेको पाइएको छ । सम्मेलनलाई सफल र उपलब्धी मुलक बनाउन तयारीमा जुटेको एनआरएन एनसीसी यूएईका अधक्ष्य सिएम ढकालले बताए ।
आफुहरु नेपाली कार्यरत विश्वका ५६ राष्ट्रमा फैलीसकेको र यस्को सन्जाल अहिले विस्तारित हुँदै गएकोले बिदेशमा कार्यरत सबै नेपाली लाई समेटेर अगाडि बड्नु पर्ने आब्शयक रहेको उनले बताए ।
विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीका साथै सम्मेलनमा नेपाल सरकारका उच्च तहका पदाधिकारी, कूटनीतिक, राजनीतिक पार्टीका प्रतिनिधि, निजी क्षेत्रका सङघसंस्था,सञ्चारकर्मी,गन्यमान्य ब्यात्ती सहभागी हुने जनाइएको छ ।



