यूएईको जेलमा ५६ जना नेपालीले कैदी जीवन बिताउदै

उमाकान्त पाण्डे गाउले/शालिक राम पन्थ


यूएई-दुबई १६ नोभेम्बर – पैसा कमाएर आफ्नो घरपरिवार लाई सुखी र खुशी बनाउने मिठो सपना बोकी खाडी मुलुक सम्युत्त अरब एमिरेट्स यूएईमा आएका ५६ जना नेपाली बिभिन्न आरोपमा यहाँका बिभिन्न जेलहरुमा कैदी जीवन बिताइरहेका छन । जस मध्ये एक नेपालीलाई यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।


मृत्युदण्डको सजाय पाउने दार्चुला ३ का अमरबहादुर बम रहेका छन भने अन्य कैदी जीवन बिताउने नेपालीको बारेमा अहिले सम्म घरमा अधिकारिक जानकारी नदिएकोले वास्तविक घर ठेगाना खुलाइएको छैन।


सन २००३ मा मृत्युदण्डको सजाय सुनाइएका बमका बिषयमा भने उनका घर परिवारका सबै लाई अधिकारिक जानकारी गराइेकोले अहिले उनलाई मृत्युदण्डको सजाय छुटका लागि यूएईमा रहेका सामाजिक संघसस्था तथा दुतावास मिलेर अगाडि बड्ने बताएका छन ।


एक जना भारतीय नागरिकको हत्या प्रकरणमा आरोपीत बम आफु निर्दोश भएको र उद्दारका लागि पहल गर्न नेपाली दुतावास आबुधाबी लाई दिएको निवेदनका आधारमा कानुनी प्रकृयाका लागि पहल गर्न आबश्यक सहयोग गरिदिन उच्च स्तरिय सरकारी पहलका लागि नेपाली दुतावास यूएई आबुधाबीले पररास्ट्र मन्त्रालयमा पत्र समेत पठाईसकेको तर अहिले सम्म पररास्ट्र मन्त्रालय बाट कुनै जवाफ र पहल नभएको दुतावासको भनाइ रहेको छ ।


यूएईका बिभिन्न जेलमा रहेका नेपाली हरुको बारेमा बाहिर नखुलाइेको भए पनि ५६ जना नेपाली जेल सजाय भोगिरहेको यूएईका लागि राजदुत अर्जुन बहादुर थापाले जानकारी दिएका छन ।  


पर्यटकिय विसामा जसरी हुन्छ बिदेश जाने जे परे जस्तो पनि गरौला भन्ने मनसाय लियर युवाहरु बिदेशिएको देखिन्छ । बैदेशिक रोजगारमा बिशेष गरी खाँडी मुलुकहरुमा अत्यधिक  नेपालीहरु सजिलै  आउने गरेको देखिन्छ।  थोरै लगानिमा जान पाइने बिदेश गएर धेरै कमाउने उद्देस्य लिएका नेपाली हरु बिदेश छिरेको २/४ बर्षमै घर परिवार भन्दा पनि मोज मस्ती तिरै मस्त रम्ने गरेको देखिन्छ । त्यस्तै छुट्टीका दिनहरुमा साथीहरु सँग बसी मदिरा सेबन गर्ने र यहाँका डान्स बार हरुमा जाने गरेको यहाँ कार्यरत अन्य नेपालीको भनाइ रहेको छ ।


यस देशको कानुनी प्राबधान बिपरित मदिरा सेबन गरी बहिर हिंडने तथा अन्य गलत कामहरुमा संलग्न भएको आरोपमा ति ५६ नेपालीले जेल सजाय भोग्न वाध्य भएको यूएईका लागि नेपाली दुतावास आबुधाबीका राजदुत अर्जुन बहादुर थापाले जानकारी दिए ।