– उत्तम अधिकारी / उमाकान्त पाण्डे गाउले
आबुधाबी – यूएई – १६ नोभेम्बर २०१० – गत मंगलबार युएइको राजधानी अबुधावीमा प्रवासी नेपाली संघ युएइ क्षेत्रिय समिति अबुधावीको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । क्षेत्रिय समिति अध्यक्ष भेषराज ढकालको अधक्ष्यता,क्षेत्रिय समिति सचीव उत्तम अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रवासी संघ ले यूएईमा गर्ने गतिबिधी,यस्का प्रभाब र आगामी दिनमा गरिने योजना तर्जुमा तथा अन्य समसामायिक बिबिध बिषयमा प्रशिक्षण दिईएको थियो । मुस्लिम समुदायको महान पर्व बकर ईदको सार्वजनिक बिदाको अवसर पारेर सो कार्यक्रम गरिएको संघले जनाएको छ ।

इदको पहिलो दिन पारी आयोजना गरिएको उक्त भेलामा युएइमा रहेका प्रवासी नेपाली संघका अगुवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रवासी नेपाली संघ यूएईको संगठन बिस्तारका साथसाथै नेपाली समुदायको सामाजिक,सांस्कृतिक तथा खेलकुद जस्ता विभिन्न क्षेत्रमा संघले खेलेको भुमिकाका साथै प्रवासी नेपाली संघको भावी नीति तथा कार्यक्रमको तयतर्जुमा,अनुगमन र त्यसको प्रभावकारी कार्यन्वयन गर्नु पर्ने लगायतका विषयमा प्रवासी नेपाली संघ युएइका केन्द्रिय संवाद सचीव श्याम पाठकले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटाले विश्व कम्युनिष्ट आन्दोलन हुदै नेपाली कम्युनिष्ट इतिहास र नेपालमा भएका प्रमुख आन्दोलनमा नेकपा एमालेले खेलेको भुमिका र योगदान प्रस्ट्याउदै भावी बन्ने समुन्नत र सम्वृद्ध नेपाल निर्माणमा पार्टीको लोकप्रियताको उचाइ अझ धेरै माथि उठ्ने भएको कारणले गर्दा तत्कालिन समयमा संक्रमणले ग्रस्त बनाए पनि प्रवासीहरु निराशा हुन नहुने भन्दै हौसला र आत्म बिश्वास बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा संघका केन्द्रिय सदस्य तुफान राइले पनि आफ्नो बिचार राख्नु भएको थियो भने उपस्थित सम्पुर्ण कार्यकर्ताहरुलाइ संघका मुसफा क्षेत्रिय समिति अध्यक्ष रामबहादुर भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
आगामी दिनमा पनि प्रवासी नेपाली संघले बिविध कार्यक्रमहरु गर्दै प्रभावकारी भुमिका निर्वाह गर्दै विभिन्न क्षेत्रमा भएका प्रवासी नेपालीहरुलाइ गोलबन्द गर्ने जानकारी समेत उक्त प्रशिक्षण कार्यक्रममा दिइएको थियो ।