जर्मनीको हाम्बर्गमा आउनुभएका नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा नुवाकोट जिल्लाबाट नेपाली कांग्रेसका १२ औ महाअधिबेसनमा निर्बाचित महासमिति सदस्य डा. केदार नरसिङ केसीसित हाम्बर्गबासी नेपाली समुदायहरुले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
सो अवसरमा सरकार र एकीकृत नेकपा माओवादीबीच भएको १२ बुँदे शान्ति सम्झौतादेखि लिएर समसामयिक वर्तमान नेपालको राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको निर्वाचन प्रकृयाका साथै अरु धेरै विषयहरुमा पनि छलफल र अन्तरकृया भएको थियो।
उक्त अन्तरक्रियमा बोल्दै डा. केसीले मावोवादीले आजसम्म इमान्दारितापूर्वक पुराना सम्झौताहरुलाई पालना नगरेको र हतियारसितको उग्र राजनीति गर्न खोजेको भन्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका उम्मेदवारका विषयमा राखिएको जिज्ञसामा उहाँको भनाइ थियो नेपाली कांग्रेस तीन कुराहरुमा विश्वास राख्दैन, १ हतियारसित लोकतान्त्रिक राजनीति हुँदैन। एक देशमा दुई सेना हुन सक्दैनन। २ माओवादी युध्दका बेला खोसिएका र लुटिएका सम्पत्तिहरु इमान्दारीपूर्वक फिर्ता, ३ लोकतन्त्रमा विश्वास राख्ने पार्टीले वाइसीएलजस्तो अर्धसैनिक संरचना युध्दमा जस्तै राख्न मिल्दैन। यी कुराहरु माओवादीले नेपाली जनता र सिङ्गो नेपालको भबिष्यको लागि इमान्दारीपुर्बक पूरा गर्न सक्नु पर्छ भन्नुभयो।
उक्त कार्यक्रममा हाम्बर्गबाट प्रतिनिधित्व गर्ने सबै संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। सबैले आ-आफ्ना जिज्ञसाहरु उत्सुकताका साथ रखेका थिए भने डा. केसी ले हाम्बर्गबासी नेपाली समुदायहले राखेका वर्तमान नेपालको राजनीतिक जिज्ञसाहरु र नेपालप्रतिचको चिन्तालाई उहाँले नेपाली कांग्रेसका सभापति सुशिल कोइराला र आफ्ना दाजु नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिङ केसीलाई जस्ताका तस्तै बताउने कुरा प्रतिबद्धताका साथ हाम्बर्गबासी नेपालीलाई आश्वासन दिनुभएको थियो।
उक्त अन्तरक्रियामा आफ्नो तर्क तथा जिज्ञसा राख्नुहुनेहरुमा एनआरएन जर्मनीका पुष्प थापा, जननी जन्म भूमिका नारायण श्रेष्ठ, एनडिएफ जर्मनीका सन्तोष भट्टराई, नेवाः मञ्च जर्मनीका जगनलाल श्रेष्ठ हुनुहुन्थियो।
कार्यक्रमलाई नरेन्द्र श्रेष्ठ र नारायण श्रेष्ठको समयोगजकत्वमा एसिया कुइक रेटुरेन्टमा आयोजना गरिएको थियो। स्मरण रहोस् डा. केदार नरसिङ केसी राजनीतिक भेटघाट नभएर आफ्नो पेसागत डाक्टरहरुको सेमिनारमा आउनु भएको थियो।