पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुबाहक बस पल्टँदा तीन यात्रुको मृत्यु, १८ जना घाइते

अमर खड्का,

 

इटहरी, मङ्सिर ४- पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुबाहक बस सुनसरीको इटहरी नगरपालिका-५ मा पल्टँदा तीन यात्रुको मृत्यु भएको छ। साइकलयात्रीलाई बचाउन खोज्दा बस पल्टेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनामा १८ जना घाइते भएका छन्।

 

जसमध्ये ८ जना सिकिस्त छन्। घाइते सबैको धरानस्थित बीपी कोइराला अस्पतालमा उपचार भइरहेको छ।

अन्य समाचारहरु