– उमाकान्त पाण्डे गाउले
मध्यपुर्व स्थित अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि
२० नोभेम्बर-दुबई-यूएईमा कम्पनीको काम गर्ने शिलशिलामा दुर्घटना बाट ज्यान गुमाएका एक नेपालीका घर परिवारले पेन्सन स्वरुप मासिक ४ सय दिर्हाम्स करिव नेपाली ८ हजार रुपैया पाउने भएका छन ।
सारजाह फ्री जोन भित्र रहेको मुस्ताफा पर्निचर नामक एक निजी कम्पनीमा कार्यरत रोल्पा का कुमार बुढामगर ले कम्पनीको कामको शिल्सिलामा गत सेप्टेम्बर ८ मा दुर्घटनामा परी ज्यान गुमाए पछी उनी कार्यरत कम्पनीमै सेल्स मार्केटिङ बिभाग प्रमुख रहेकी काठमान्डौकी शिला गुरुङको अग्रसरतामा मासिक सो रकम उनका परिवारले पाउने भएका हुन ।
बुवाको मृत्यु पछी कमाउने आय आर्जन गर्ने जिम्मेवारी पाएका मगर घरका सबै भन्दा जेष्ठ छोरा हुन । मृतकको घरमा ब्रिद आमा,३ बहिनी रहेको र आर्थिक स्थिती अत्यन्त नाजुक रहेको परिवार स्रोतले बतायो। मृत्युको खबर पाएपछी भावविहल भएको परिवारको अब आर्जेर हातमुख जोर्ने समेत सहारा छैन ।
परिवारमा काम गर्न सक्ने र उमेर पुगेको अन्य कोही नभएकोले कम्पनीले हरेक महिना पेन्सन स्वरुप परिवारलाई आर्थिक सहयोग गर्ने भएको हो । कम्पनीले यूएईमा आफ्नो ब्यवसाय गर्दा सम्म मृतकको परिवारको नाममा रहेको नेपाल राष्ट्र बैकंमा रहेको खाता मार्फत सो रकम पठाउने छ । गत महिना बापत रकम नेपाल पठाई सकेको र त्यो पठाएको प्रमाण नेपाली दुतावास सम्म छिट्टै पुराउने सोही कम्पनीकै सेल्स मार्केटिङ बिभाग कि प्रमुख शिला गुरुङले बताईन।मृतकका परिवारको राहतका लागि गुरुङले गरेको यो प्रयास अत्यन्त उदाहर्णिय रहेको यहाँ कार्यरत समाजसेवी हरु बताउछन ।
मृत्यु भएको महिना दिनसम्म कम्पनीको रोहबरमा शबलाई अस्पतालमै राखेर शब नेपाल पठाउन प्रकृयागत ढगंबाट नेपाली दुतावास आबुधाबीमा पहल गरेकी शिला गुरुङ एक्लै खटेर करिव नेपाली रकम ३६ हजार (१८ सय यूएई दिराम्स)शब नेपाल पठाउनु भन्दा पहिले नै मृतकको परिवारलाई पठाएकी थीईन ।
अस्पतालमा महिना दिनसम्म शव राखे बापतको खर्च र शव नेपाल पठाउदा सम्म लाग्ने रकम पनि कम्पनीले नै दिएको गुरुङले बताइन । विगतमा यस्तै खालका घटनामा सहयोग बापत राहत पाए पनि केही रकम मात्र हुन्थ्यो तर पेन्सन स्वरुप जीवन्त दीइने यो खबर यूएईको इतीहासमै पहिलो हो ।



