काठमाडौ, मंसिर ५ – दाङ तुलसीपुर बजारमा आइतबार दिउँसो २ लाख ५ हजार रुपैयाँ लुटिएको छ । तुलसीपुर नगरपालिका ५ बाहिनी चोक नजिक उरहरी ७ नवलपुर निवासी शोभाराम बस्नेतको साथबाट उक्त रकम लुटिएको हो ।
दुई जना युवाहरूले मुख्य चोकमै रकम लुटेर भागेको पिडितले बताएका छन् । नविल बैंकबाट निकालेको ८३ हजार र घरबाट ल्याएको १ लाख २२ हजार रुपैयाँ लिएर बाणिज्य बैंकमा जम्मा गर्न जाँदा बाटोमै लुटिएको पिडितले बताएका छन् । लुटेराको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



