रौतहटको पुर्वपश्चिम राजमार्गमा दुई मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा दुईजनाको मृत्यु, दुई गम्भिर घाईते

– शिव पुरी

 

रौतहट – रौतहटको पुर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगहपुर-पौराई  सडक खण्डमा आइतबार साँझ दुई मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ । घट्नामा दुई गम्भिर घाईते भएको छ ।

काठमाण्डौबाट सप्तरी जादै गरेको बा १७ प४५३७ र धरानबाट बाराको निजगढ तर्फ आउँदै गरेको बा ४० प १०९९ नम्बरको मोटरसाईकल साझ ६ बजे एक आपसमा ठोक्किएर दुर्घट्ना हुदा सप्तरी कञ्चनपुर-६ का मोहनप्रसाद साह र नुवाकोट घर भएका उपेन्द्र तिमल्सिनाको मृत्यु भएको प्रहरी निरीक्षक गौतम मिश्रले बताए । घट्ना स्थलबाट उपचारको लागी चन्द्रनिगाहपुर स्थित आकस्मिक सेबामा ल्याउदा दुबैको मृत्यु भएको हो ।

घट्नामा गम्भिर घाईते सप्तरीका शोभाकान्त साह र बारा निजगढका श्याम कुश्वाहलाई थप उपचारको लागी बीरगन्ज लगेको प्रहरीले जनाएको छ । घाइते दुबैका अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । मृतक दुबैका टाउको र छातिमा चोट लागेको छ । मृतक दुबै मोटरसाईकल रहेका छन् ।

अन्य समाचारहरु