इदको छुट्टी भलिवल खेलेर मनाए

– खिम बुढा मगर

 

दोहा कतार – मुस्लिम समुदायको महान चाड ईद अल अदाको पावन अबसरमा मिडम्याक कम्पनीको बिशेष सहयोग र बाग्लुङ्ग सामाजीक सेवा समाजद्धारा आयोजीत मैत्रीपुर्ण खुल्ला नेपाली भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । ३० टिमको सहभागीता रहेको उक्त खेलमा सचीव खिम बुढाको संचालन र अध्यक्ष तिलक घर्ति मगरको सभापतित्वबाट अघि बढेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेपाली दुताबासका श्रम सहचारी धृ्रव कोईरालाले गर्नु भएको थियो ।

 

उद्घाटन मन्तब्य राख्दै उहाँले भन्नु भयो यस खुल्ला मैत्रीपुर्ण खेल्ाले नेपालीहरुको भाईचारा सम्बन्ध अझै गाढा बनाउनेछ । त्यसै गरी गैरआबासिय नेपाली संघ दोहा च्याप्टरका प्रमुख सल्लाहाकार कमलमणी गुँरागाईले यस खुल्ला नेपाली प्रतियोगिताले सबै नेपालीहरुको सम्बन्धलाई नजिक बनाउँने छ र म पनि भलिबल प्रेमी भएकाले आयोजक र एम्पाएरको निर्णयलाई खेलाडीहरुले मान्नु पर्ने बताउनु भएको थियो । गैरआवासीय नेपाली संघ दोहा च्याप्टरका अध्यक्ष नरेन्द्र भाटले खेलाडीहरु राष्ट्रका गहना हुन र अति अनुशासित रुपमा खेलाडीहरु खेल्नु पर्ने बताउनु भयो । त्यसै गरी जनसम्पर्क समितिका महामन्त्री बिमल सुवेदीले पनि आपनो मन्तब्य राख्नु भएको  थियो ।

 

त्यसैगरी मिडम्याक  क्याम प्रमुख श्री नरेन्द्रनाथन नाईरले पनि आपनो मन्तब्य राख्नु भएको थियो । उपस्थित अतिथि दर्शक सवैलाई बाग्लुङ्ग सेवा समाजका सल्लाहाकार प्रेम बिकले मन्तब्यद्धारा स्वागत गर्नुभएको थियो । उक्त खेल४ दिनसम्म चलेको थियो उक्त खेलमा बाग्लुङ्ग ढोरपाटनलाई २-० ले हराउदै तमु बौद्ध सेवा समितीले तेस्रो स्थान हासिल गरेको थियो भने ३-० ले पराजीत गर्दै बाग्लुङ्गले पहिलो र स्याङजाले दोस्रो स्थान हासिल गरेका छन र उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बेष्ट ल्पेयर बाग्लूङ्ग  सेवा समाज ए का खेलाडी लक्षमण बि।सी घोषित हुनु भएको थियो । साथै सेकेन्ड राउन्डबाट म्यान अप द म्याचको पनि ब्यावस्था गरेको थियो । साथै समापन कार्यक्रममा अतिथि कमलमणी गुँरागाईले आफुले सोचे भन्दा बढि अनुसासित र उत्कृष्ट खेल प्रदर्शन गरेकाले खेलाडीहरुलाई धन्यबाद दिन भएको थियो अर्का अतिथि नेपाल जनजाती महासंघका प्रमुख सल्लाहाकार अमृत गुरुङ्गले नेपालका पाखापखेराबाट यहाँ आई उत्कृष्ट खेल र अनुसासित खेल प्रदर्शन गरेकोमा धन्याबाद दिनु भयो । साथै मिडम्याक क्याम्प प्रमुखले आफु अति खुशि रहेको सौहार्द र अनुशासित रुपमा खेल समापन गरेकाले उपस्थित सबैलाई धन्यवाद दिदै वाग्लुङ्ग सेवा समाजलाई पनि धन्यवाद दिनु भएको थियो ।

 

अन्त्यमा कार्यक्रमको समापन गर्दै सोही संस्थाका अध्यक्ष तिलक घर्ती मगरले नेपाली समुदायलाई आफ्नो संस्थाबाट भएको कमीकम्जोरीलाई औंलाई दिए हामी सुध्रीएर अगाडी बढ्न सक्ने थियौं भन्दै यो कार्यक्रम भव्यताका साथ सफल भएकाले एउटा बाग्लुङ्गका मात्रै नभै िसंगो नेपालीको भएकोले विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।