गुल्मी ६ मंसिर – गुल्मी जिल्लाको जोहा गाविस वडा नं ५ बेलबोट गाउँमा बाँदरले स्थानीयवासीलाई सताएपछि बाँदर नियन्त्रणका लागि प्रहरी गुहार्न थालेका छन् ।
गत केही महिनादेखि बाँदरले खेतीपाती सखाप पार्नुका साथै बाटोघाटो िहंडिरहेका बालबच्चा महिला पुरुषलाई समेत झम्टिने र घाइते तुल्याउने गरेपछि स्थानीय उमाकान्त ज्ञवाली लगायतका गाउँवासी प्रहरीमा मौखिक उजुरी लिएर आएको जोहा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम बहादुर बानियाँले बताए । यतिबेला सो गाउँमा बाँदरको आक्रमणलाई बाघको संज्ञा िदंदै गाउँवासी आतंकित हुने गरेको बताइएको छ । प्रहरी सहायक निरीक्षक बानियाँले आफूह बाँदर आतंकित क्षेत्रमा पुगी त्यसले पुयाएको क्षतिबारे जानकारी लिने बताए ।
यता अर्खले गाविसमा पनि बाँदरको बिगबिगीले कृषकहलाई आतंकित बनाएको छ । आजकल घरभित्रै पसेर स्याहारेको बाली समेत खाने गर्न थालेपछि कृषक हैरानीमा परेका हुन् । बाँदर बाघ जस्तै आक्रामक बन्न थालेपछि बाँदर लखेट्न गाउँवासीह मिलेर पालैपालो गस्ती गर्न थालेका छन् । बाँदरले विशेष त बालबालिका र महिलालाई आक्रमण गर्ने गरेको पाइएको छ ।
बाँदरले खेतबारी तथा घरभित्र मात्र नभई भर्खरै पाक्न लागेका सुन्तलाका बोटमा समेत चढेर खाने र बोट हल्लाइ दिने गरेपछि यसपालि सुन्तलाको आम्दानीमा ठूलो गिरावट आउने स्थानीय कृषक ठाकुर मरासिनीले गुनासो गरेका छन् । उनले बाँदर नियन्त्रणका लागि गाउँवासीलाई हैरानी भएकोले अब प्रशासनिक निकायबाटै केही पहल गर्नु पर्नेमा जोड दिए ।



