उमाकान्त पाण्डे गाउले – आबुधाबी- यूएई – ०२७ नोभेम्बर-नेपाली काग्रेंशको अन्तराष्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क समिती यूएईको आबुधाबी क्षेत्रिय समिती गठन गरिएको छ । गत शुक्रबार आबुधाबीमा सम्पन्न समितीको केन्द्रिय बैठकले सो क्षेत्रमा रहने आफु निकटका नेपाली लाई सँगंठित गर्न आबुधाबी क्षेत्रिय समिती विस्तार गरेको हो ।केन्द्रिय समितीका अधक्ष्य चित्र केसी को शभापतित्व तथा महामन्त्री मिन बहादुर रानाभाटको सन्चालनमा सम्पन्न कार्यक्रममा समितीका अत्यधिक पदाधिकारी सदस्यहरुको आतीथ्यता रहेको थियो ।
नेपाली काग्रेंशको बार्हौ महाधिवेशन बाट अत्यधिक मत पाइ पार्टीको केन्द्रिय सदस्य पदमा बिजयी भएका युवा नेता गगन थापा द्वारा गत अक्टोबर १ मा नेपाली जन संपर्क समिती यूएई बिधिवत रुपमा गठन गरिएको थियो । सो समितीको बिधान अनुरुप क्षेत्रिय समिति १५ सदस्यिय हुनु पर्ने भए पनि ४ अन्य सदस्य पछी नियुत्ती गरिने भन्दै ११ सदस्यिय नेपाली जनसंपर्क समिती-आबुधाबी क्षेत्रिय समिती गठन गरिएको छ ।
यसै वर्षको सुरुवातमा तदर्थ कमिटी सँगै केन्द्रिय समितीमा विस्तारित जनसंपर्क समिती यूएईमा अहिले दुर्तगत गतिमा अगाडि बडेको पाइएको छ ।
सो समितीको आबुधाबी क्षेत्रिय समितीमा पूर्ण डुम्रे शभापति, बुद्द भट्टराई उप-शभापती,नवराज थापा कोषाधक्ष्य,किरण पौडेल सचिव, माधव न्यौपाने सह-सचिव रहेका छन भने सद्स्य हरुमा फुर्बा शेर्पा,जीवन थापा,आईत बहादुर थापामगर,अजिम मियां,सुरेश खड्का,नबिन कुमार चौधरी भगवान देवकोटा रहेको प्राप्त जानकारीमा जनाइएको छ ।
समितिको बिधानमा क्षेत्रिय समिती १५ सदस्सिय हुनु पर्ने भएकोले बांकी सदस्यहरु पछी नियुक्ती गरिने निर्णय समितिको बैठकले गरेको छ ।
यसै बिच आउदा दिनहरुमा सयुत्त अरब एमिरेट्स यूएईका अन्य स्टेट हरुमा नेपाली जनसम्पर्क समिती यूएईको क्षेत्रिय समिती गठन गर्दै जाने र भाबी दिनहरुमा समितीका गतिबिधीलाई नेपालीको हितमा प्रभाबकरी रुपमा अगाडि लैजाने योजना रहेको सो समितीका केन्द्रिय अधक्ष्य चित्र बहादुर केसी ले जानकारी गराएका छन ।



