दाङमा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु, चारजना घाइते

दाङ – दाङमा आज भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ  भने चारजना घाइते भएका छन् ।

पश्चिम दाङको बाघमारेबाट अमुवातर्फ आउँदै गरेको रा १ ज ३५१ नम्बरको जिप बाघमारेको अमुवामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा बिजौरी गाविस-३ अक्कासी निवासी मनकला बिसी र बाघमारे-९ अमुवा निवासी चन्द्रकला रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


दुर्घटनामा परी अन्य चार यात्रु घाइते भएका छन् ।घाइतेको तुलसीपुस्थित राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

अन्य समाचारहरु