तीन दिनअघि हत्या गरी सिरहाको महनौरमा फ्याँकिएकी अविवाहित युवतीको लास अझसम्म फेला परेन

लहान – तीन दिनअघि हत्या गरी सिरहाको महनौरमा फ्याँकिएकी एक अविवाहित युवतीको लास अझसम्म फेला परेको छैन ।


बलही घर भएकी साह थरकी युवतीको लास यही मङ्सिर १० गते बुढियाचाप नजिक कल्भर्टमुनि मृत अवस्थामा देखिएको स्थानीयवासीले बताएका थिए ।


तर मङ्सिर ११ गते बिहान सो ठाउँमा प्रहरी पुग्दा ती युवतीको लास गायब भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


घाँटी रेटेर हत्या गरिएकी ती युवती गर्भवती रहेका कारण मृत्यु शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु