शोभा आचार्य गुल्मी,तम्घास
कृषि प्रविधिबाटै आम्दानी बढाउने र गाउँ आत्मनिर्भर बनाउने उद्देश्यका साथ राजनीतिक नेता सकि्रय भएपछि गुल्मीको अर्जै गाउँ परिवर्तनमा आएको छ ।
प्रायः बाहिरबाट तरकारी किनेर खाने गाउँका सबै घरहरुबाट अहिले तरकारी बाहिरका गाउँमा विकि्रका लागि जान थालेको छ । एमाले जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख रहेका स्थानीय शेषकान्त गौतमले कृषिबाटै गाउँको परिवर्तन शुरु गर्नुभएको हो । गौतमले शुरुमा आपुनै बारीमा तरकारी खेती लगाएर २ वर्ष अगाडी कृषि अभियान चलाउनु भएको थियो । उहाको बारीमा अहिले मुला सिमी साग लगायतका तरकारी फलेका छन् । त्यस्तै कफिका लागि जिल्लामै उत्कृष्ट नस्ररी संचालन समेत गनुभएको छ भने परिक्षणका लागि नमुना धान गहुँ लगायतका बालीको परिक्षण समेत गर्ने गर्नुभएको बताउनु भएको छ ।
ुयो वर्ष तरकारीबाट मात्र ५० देखी ८० हजार आम्दानी हुन्छ गौतमको भनाई रहेको छ । उहाँ आपुनो कमाई भन्दा पनि गाउँका अन्य किसानको आम्दानी बढोस र गाउँ आत्मनिर्भर बन्न सकोस भन्ने उद्देश्य रहेको बताउनु भएको छ । गौतमको सिको गर्दै अहिले ५० भन्दा बढी घर परिवार व्यवसायीक तरकारी र उन्नत खेती प्रविधिमा लागेका छन् । गाउँका अधिकांश घरमा अहिले बन्दा काउली सिमी साग लसुन आलु केराउ लगायतका तरकारीहरु फलेको देख्न पाईन्छ । यता राजनीतिक नेतृत्वको सकि्रयताले जिल्लाका धेरै गाउँमा व्यवसायीक कृषि अभियान चलेको कृषि विकास कार्यालय गुल्मीले जनाएको छ ।



