भोजपुरमा मुसाको औषधि खाएर एक जना हुलाकीको मृत्यु

– जिल्लाको भूल्के गाविसमा मुसाको औषधि खाएर एक जना हुलाकीको मृत्यु भएको छ ।

भूल्के गाविस-८ स्थित ४५ बर्षीय भक्तबहादुर भुजेलको आइतबार राति मृत्यु भएको हो ।

बिष खाएको थाहा पाएपछि छिमेकी आफन्तजनले भोजपुर जिल्ला अस्पताल ल्याउँदा आइतबार साँझ बाटैमा मृत्यु भएको हो । उनले रक्सी सेवन गरेर आवेशमा आई मुसाको औषधि खाएको प्रत्यक्षदर्शीले बताए ।

भूजेलको मृत्यु भएपछि पाँच जना छोराछोरी टुहुरा भएका छन् । उनको श्रीमतिले समेत केही बर्षअघि मुसाको औषधि खाएर मृत्यु भएको छिमेकी राजीव भटराईले बताए ।  

उनीद्वारा आश्रति भूजेलका तीन छोरी र दुई छोरा भूल्केस्थित स्थानीय पञ्चकन्या उच्च माविमा अध्यायनरत छन् । स्थानीय अतिरिक्त हुलाकमा कार्यरत भूजेल हुलाकको डाँक बोक्ने काम गर्दै आएका कर्मचारी हुन् ।  

अन्य समाचारहरु